Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

देउवाले बोलाए पदाधिकारी बैठक


समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशनको तयारीका सम्बन्धमा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटका शीर्ष नेताहरूसँग दुई घन्टा छलफल गरेका छन् । पौडेलनिवासमा बसेको बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी र डा. मीनेन्द्र रिजाल सहभागी थिए । 

बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए । ‘महाधिवेशनको तयारी सुस्त गतिमा छ, समसामयिक राजनीतिक घटनाक्रममा पनि पार्टीको मौनता बढेको छ, यो गलत हो,’ बैठकको निष्कर्ष सुनाउँदै एक नेताले भने, ‘त्यही विषयमा सभापतिजीलाई ध्यानाकर्षण गराउनेबारे छलफल भएको हो ।’

नयाँ सत्तासमीकरणका विषयमा माओवादी केन्द्र र जसपाले निर्णय नलिएको भन्दै परिपक्व परिस्थिति खोजिरहेको कांग्रेसले पनि आधिकारिक धारणा तय गरेको छैन । तर, वरिष्ठ नेता पौडेलले भने ओलीको विकल्पमा कांग्रेसले नेतृत्व गरेर नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । 

आइतबारको बैठकमा पौडेल समूहले पार्टीको महाधिवेशनको कार्यतालिका पूर्ण कार्यान्वयन, क्रियाशील सदस्यता र समायोजन विवादलगायत विषयमा समेत छलफल भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 22, 2021 by in national news.

Follow me on Twitter

listen merosathi fm

March 2021
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: