आवुखैरेनी क्याम्पसको भवन निर्माणका लागी ४ करोड ६ लाख रुपैयाँ भारतीय सहयोग
हरिराम उप्रेति/आवुखैरेनी
आवुखैरेनी क्याम्पसको भवन निर्माणका लागी भारत ले ४ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

केही महिना अघि भारतिय राजदुतावास बाट क्याम्पस बन्ने क्षेत्र शिवमन्दिर परिषरमा अवलोकन गर्ने प्रतिनिधीहरुलाई स्वागत गर्न बसेका आँबुखैरेनीका समाज सेवी तथा क्याम्पसका शिक्षकहरु ।
आवुखैरेनीको रामशाह घाटमा एल आकारको दुइ तले २४ कोठे भवन निर्माणका लागी विहिवार भारतिय राजदुतावासमा जिल्ला विकास समिती तनहुँका स्थानिय विकास अधिकारी छविलाल रिजाल आवुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसि र भारतिय प्रतिनिधि विच भारतिय राजदुतावास मा भवन निर्माणका लागी त्रिपक्षिय सम्झौता भएको हो । असार भित्र नै टेन्डर प्रत्रिया थालेर भवन निर्माणको काम अगाडी बढाइने आवुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसीले वताउनुभयो । २४ कोठामा १९ कोठा पठन पाठनका लागी र अरु लाइवेरी लगायत क्याम्पसको अफिसीयल कार्यका लागी प्रयोग गरिने गरि भवन निर्माण हुन लागेको हो । भवन निर्माण शौचालय र कम्पाउण्ड को लागी उक्त रकम खर्च गरिने पनि केसी ले वताउनुभयो । अहिले आबुखैरेनी क्याम्पसका विद्याथी राम शाह उच्च माध्यमिक विद्यालयको भवनमा पठन पाठन गर्छन् र उक्त भवन निर्माण पछि तनहुँ गोरखा चितवनका झण्डै सात सय विद्यार्थी उक्त भवन निर्माण वाट लाभान्वित हुनेछन् । आवुखैरेनी क्याम्पसमा अहिले ब्यावस्थापन र शिक्षा संकायको डिप्लोमा सम्मको पढाइ हुन्छ र भवन निर्माण पश्चात डिग्री र विज्ञान संकाय पनि थप्ने योजना रहेकेा क्याम्पस प्रमुख केसीले वताउनुभयो । उहाँले भन्नुभयो अहिले शिशु देखि १० सम्म डिप्लोमा सम्म एकै ठाउँमा पठन पाठन हुदै आएको मा भवन निर्माण पश्चात डिप्लोमा तहको पढाइ नयाँ भवनमा हुने हुँदा विद्यार्थी शिक्षक र अभिभावक सम्मलाइ सजिलो हुने उहाँको तर्क रहेको थियो ।
Like this:
Like Loading...
Related
very good i feel great.