बाबुराम असंवैधानिक संयन्त्रको किराः देवकोटा
भगवान खनाल गोरखा ४ असार
राष्ट्रिय प्रजातन्त्र पाटीका नेता राजेश्वर देवकोटाले प्रधानमन्त्री डा। बाबुराम भट्टराई्रलाई असंवैधानिक संयन्त्रको किरोको उपमा दिएका छन् । सोमबार गोरखाको जिल्ला परिषद् भवनमा भएको राष्ट्रिय प्रजातन्त्र पाटी र राष्ट्रिय जनशक्ति पार्टीको संयुक्त अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता देवकोटाले अहिलेको अवस्था असंवैधानिक भएको र प्रधानमन्त्री भट्टराई त्यसको एउटा किरो भएको बताएका हुन् ।

एकीकरण अधिवेशनमा बोल्दै देवकोटा तस्बिर ः भगवान खनाल
उनले अहिलेदलहरु भीरमा पुगेको उल्लेख गरेका छन् । उनले उनीहरु जतागएपनि भीरैभीर रहेको छ प्रचण्ड बाबुराम भीरमा गएर बसेको बताए । त्यसैले दलहरुले संविधान सभा व्युताँउने कुरा गरेर राजा खोजेको आरोप लगाउँदै देवकोटाले भनें ूहामीले राजा खोजेका छैनौं उनीदलहरुले खोजिरहेका छन् नयाँ हुन् वा मानिएका ।ू जनताले चाहे जतिबेला पनि राजा आउने तर्फ संकेत गर्दै देवकोटाले भनें ूदुनियाँमा राजतन्त्रपछि गणतन्त्र र गणतन्त्र पछि राजतन्त्र आउनेजाने भइरहेकोले नेपालमा पनि यस्तै हुन्छ ।ू गणतन्त्रलाई दलहरुले धान्न नसेकेकोले पुन राजतन्त्र आउनेमा उनको तर्क थियो । उनले राष्ट्रियता क्षीण भएकोले राष्ट्रियताको विकल्प नरहेको बताए ।
०६२/०६३ मा दलहरुले भारतमा गरेको बारबुदेँलाई भारतमा ईशारामा भएको पनि आरोप लगाए । उनले बारबुदँेको हैसियत के हो भन्ने प्रश्न पनि गरेका थिए । नेपालमा संविधान नबन्नुमा भारतपनि असफल भएको उनको भनाइ थियो । भारतले भरिया बनेर बार बुदँे गरेपनि पार लगाउन सकेनू उनले भने ूनेपालमा संविधान नबन्नुमा भारतपनि असफल देखियो कहिलेकाही दुघर्टनाबाट पनि फाइदा हुनेरहेछ ।
सात वर्षसम्म कहींकतै औपचारिक सभा सम्मेलनमा नहिडेका देवकोटा गृह जिल्ला गोरखामा दुई पाटीको एकीकरण अधिवेशनमा अतिथी बनेका थिए । सात वर्षसम्म चुप लागेँ म बोलिन भन्दै उनले आफ्नो मुलधर्म साहित्य नभई राजनीति भएको बताए । गोरखाका जनताले मलाई कहिले बाकस भरी मत दिए कहिले रित्ताइपनि दिए उनले भनें । सो कार्यक्रम राप्रपा गोरखाका अध्यक्ष भगवानदास मल्लको सभापतित्वमा भएको हो ।
Like this:
Like Loading...
Related