Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पार्टी फुटाउनेलाई क्षमा दिने छैनौ : दाहाल, जनताको इच्छा र भावना विर्से कालो मोसो लगाएर घुमाउनुस : डा.भट्टराई


कैलासवावु श्रेष्ठ/गोरखा
भाद्र २३ गते । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र जति सुकै अन्तर संघर्ष भएता पनि पार्टी नफुट्ने भन्दै पार्टीलाई कमजोर र फुटाए त्यसको हिसाव किताव जनताले खोज्ने बताए ।
पार्टी भित्रको गुट उप गुटको कुरा खोतल्दै अध्यक्ष दाहालले आफुले विगत २२ वर्ष देखी पार्टी भित्रको अन्तर संघर्ष र वर्ग संघर्षको सारलाई खिचेर पार्टीलाई एकता वद्व वनाउन आफु कुनै पनि त्याग गर्न तयार रहेको समेत बताए । वहााले पार्टी एकता वद्व नभएको स्वीकार गर्दै शहिदलाई कुनै पनि गुटमा बाड्न नसकिने भन्दै कुनै पनि ब्यत्तिलाई पार्टी फुटाउने अधिकार नभएको भन्दै खवरदारी गर्दै \’कुनै पनि वहानामा यो पार्टीलाई कमजोर पार्ने र टुक्रयाउन खोजे जनताले त्यसलाई क्षमा दिने छैन\’ भन्दै \’सहिदहरुले तिनीहरुलाई क्षमा दिने छैनन् , इतिहासले तिनीहरुलाई क्षमा दिने छैनन । यो कुराको वोध किरण, वावुराम र प्रकाशलाई हुनु पर्ने भन्दै सोझै नाम लिएका थिए ।

This slideshow requires JavaScript.


अध्यक्ष दाहालले नेपाली जनताले शान्ति प्रकृया निश्कर्षमा पुगोस भन्ने चाहेकोले जन अपेक्षा अनुसार नै शान्ति प्रकृया निश्कर्षमा पुग्ने समेत दावी गनुभयो । माओवादीको उच्च तहका नेता स्व.सुरेश वाग्ले \’बासु\’ को १२ औं स्मृती सभालाई आज गोरखा सदरमुकामको खेलकुद मैदानमा संवोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी पार्टी सवै भन्दा ठुलो पार्टी भएको नाताले माओवादीले सर्वहारा र श्रमजिवी जनताको पार्टी भएको नाताले उसले जिम्मेवार भूमीका खेल्नु पर्ने भन्दै निहु खोजाहा भूमिका खेल्नु राम्रो नभएको भन्दै जनताको संविधान निर्माणमा पनि जिम्मेवार भूमिका खेल्न जनतालेको चाहेको बताए ।

कार्यक्रममालाई संवोधन गर्दै प्रधानमन्त्रि एवं एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा.वावुराम भट्टराईले आफु गरिव, किसान, मजदुर, दलित, जनजाति, महिलाको प्रतिनिधीको रुपमा सिंह दरवार पुग्दा र वालुवाटर वस्दा कतै जनतालाई चाहना र भावनालाई विर्सीएर पुरानै शासकको जस्तो एैस आराममा हराउने डर लागेको भन्दै जुन दिन आफुले सर्व साधारण जनताको इच्छा र आकाक्षा तथा देश र जनताको स्वार्थ माथि कुठाराघात गर्ने छु त्यो दिन आफुलाई कालो मोसो दलेर घुमाउन आग्रह गनु भयो ।
सरकार कठिन अवस्थामा गठन भएको र विसौ वर्ष शासन सत्ता संहालेको काग्रेस एमाले सत्ता वाहिर रहेको यो अवस्थामा सरकार कतिजेल सम्म ठिक्ने हो त्यसको कुनै पत्तो छैन । सत्ताका हस्ती ठान्ने कााग्रेस र एमालेले वाहिर वसेर यो सरकारलाई ढाल्ने हुन कि देशी विदेशी शत्ति मिलेर यो सरकार ढाल्ने हुन कि भन्ने आफुलाई चिन्ता लागेको भन्दै जति वेला सम्म सर्व साधारण जनताको निम्ती यो सरकारले काम गरी रहन्छ त्यो वेला सम्म सरकार नढल्ने समेत ठोकुवा गनु भयो ।
प्रधानमन्त्रि डा.वावुराम भट्टराईले पनि पार्टी फुट्ने कुरा सत्य नभएको भन्दै पार्टी भित्र वैचारीक वहश हुने र विगतमा पनि यस्ता वहश ठुलै रुपमा हुने गरेको खुलासा समेत गनु भयो । वहााले माओवादी पार्टी कुनै सिसाको घर नभएर यो त फलामको किल्लो हो भन्दै हामी संघर्ष गर्छौ तर अन्तमा फेरी हामी सुपान्तरीत भएर एकता वद्व हुन्छौ भन्नुभयो
कार्यक्रममा सहभागी हुन आउनु भएका एकिकृत नेकपा माओवादी वरिष्ठ उपाध्यक्ष माहेन वैद्य किरणले सिंगो देशलाई मुत्तीको जरुरी भएको भन्दै त्यो दिशामा अगाडी वढन नेताहरुलाई घचघचाउन जरुरी हरेको वताए ।निकै मलिन मुद्रामा रहेका वैद्यले अहिलेको परिस्थिती गंभिर रहेकोले देश कता जाने हो ? शान्ति प्रकृया अगडी वढने हो या होइन ? जनताको संविधान लेख्ने हो वा होइन भन्नै यस्ता थुप्रै चुनौतीलाई सामना गर्न माओवादी पार्टी एक भएर अगाडी वढन जरुरी रहेको वताए । वहााले सफलताका लागि वर्ग संघर्ष र अन्तर संघर्ष आवश्यक रहेको भन्दै अहिले वर्ग संघर्ष शिखरमा रहेको वेला जनताले रगत वगाएर प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्न सकिन्छ वा सकिदैन पार्टीका अध्यक्ष तिर फर्केर प्रति प्रश्न गरेका थिए वैद्यले । कार्यक्रममा सहभागी हुन आएका अर्का उपाध्यक्ष एवं उपप्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि नारायणकाजी श्रेष्ठले सरकारले आजै ल्याएको प्याकेज कार्यक्रमको विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।
आजै दिउसो हेलीकप्टर वाट आएका नेताहरु दिउसो ३ बजे राजधानी फकीएका थिए । कार्यक्रममा महासचिव राम वहादुर थापा वादल आउने भनिएको भएता पनि वहाा भने आउनु भएन । कार्यक्रममा ठुलो संख्यामा माओवादी कार्यकताको उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 9, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

September 2011
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
%d bloggers like this: