BY BHAGAWAN KHANAL १३ चैत, छिम्केश्वरी
तनहुँको छिम्केश्वरी गाविसमा अवस्थित छिम्केश्वरी मन्दिरमा फागु पूर्णिमाको आकर्षण बढ्दै गएको छ । छिम्केश्वरी मन्दिरमा पूजाआजा र दर्शन पनि गर्ने र फागु पूर्णिमा पनि मनाउने उद्देश्यले केही वर्षयता भक्तजन र तीर्थालुहरुको उपस्थिति बढ्दै गएको हो ।
छिम्केश्वरी मन्दिरसम्म जानको लागि आँबुखैरेनी गाविसको बाँसपानीसम्म फोर ह्विल गाडीको सुविधा पुगेपछि र लाब्दीसम्म मोटरसाइकल पुगेपछि बर्षेनी फागु पूर्णिमाको दिन तीर्थालु र भक्तजनको उपस्थिति बढ्दै गएको छिम्केश्वरीका देवीलाल गुरुङले बताए ।
खास गरी युवा युवती र अधवैशेहरुको विशेष उपस्थिति फागु पूर्णिमा हुने गरेको छ । फागु पूर्णिमाको अवसरमा छिम्केश्वरी मन्दिर परिसरमै स्थानीय खानपिन र संस्कृतिको समेत मज्जा लिन सकिने भएको छ ।