आँबुखैरेनी पोष्टले आँबुखैरेनीको सामाजिक कार्यमा योगदान दिने सामाजिक कार्यकर्ताहरु बाट उत्कृष्ट ३ जनालाई हरेक वर्ष सम्मान गर्ने घोषणा गरेको छ । कार्यक्रम अनुसार यस वर्षको पहिलो सम्मान कार्यक्रम आँउदो फाल्गुन २६ गते शनिवार एक भव्य समारोहबीच आँबुखैरेनीमा कार्यक्रम गर्नेछ । यसमा आँबुखैरेनी र यसवरपरको समाजलाई समुन्नत बनाउन भूमिका निर्वाह गर्नुहुने त्यस्ता व्यक्तित्वलाई थप प्रोत्साहन दिऔं र यसले भोलिको समाजमा गतिशील, सिर्जनशिल र आशालाग्दा मानिसहरु काम गर्न आउनलाई प्रेरणा मिलोस् भन्ने हाम्रो चाह हो । समाजमा योगदान गर्नेहरुलाई पनि सम्मान गर्नु पर्छ उनीहरुको कामको कदर हुनुपर्छ भन्ने रहेको छ । हाम्रो सानो कार्यक्रमले समाजमा काम गर्नेहरुको मनोबल बढ्ने र सामाजिक कार्यकर्ताहरुको दर बढ्ने विश्वास लिएको छ ।
हामिले यो वर्ष आँबुखैरेनी र आँबुखैरेनी बाट विदेसिएका व्यक्तिहरुको सहयोगमा पहिलो चोटी यो सानो काम गर्दैछौ । यही समाजले हामीलाई हुर्कायो, बढायो र मायाममता दियो । यसैले यसको उन्नति हामी जहाँ भएपनि, हाम्रो पनि उन्नति हो । यस्तो नयाँपनलाई देशका अरुले पनि अनुकरण गर्नेमा हामी विश्वस्त पनि छौं ।हामिले यस कार्यक्रमको लागि आन्तारिक रुपमा आँबुखैरेनी बाट बेलायतमा बस्ने युवा साथिहरु संग १६ हजार रुपैयाँ भन्दा बढी जम्मा गरिसकेका छौ । http://www.nepalswiss.com ले रकम सहयोग गर्ने भएको छ । तपाईहरु पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया हामिलाई सम्पर्क गर्नुहोला । सहयोगीको नाम र रकम हामी प्रकाशित गर्नेछौ ।
सामाजिक कार्यकर्ता सम्मान कार्यक्रम सहयोगीको नाम र रकम
bhivu kumar mishra – sweden : rs 15000
sandesh panta : £30 now uk
srijana shrestha : £ 15 now uk
sailesh kc : £15 now uk
prakash shrestha : £10 now uk
suraj gurung : £10 now uk
suraj gotamey :£ 10 now uk
dinseh shahi : £10 now uk
bikahs shrestha : £10 now uk
saroj duwadi :£10 now uk
amar kandel £10 now uk
sailendra devkota usa 25 us dollar
chij kumar shrestha usa 25 dollar