काममा जानु भन्दा पहिला यसो मोबाईलमा समाचार र फेसबुक हेर्न थाल्यो अनि त्यही जात भातको कुरा । पेट भोको छ, छैन भात जहाँ… भात खोज्न विदेशको पानी र घाममा, उता जात खोज्दै छन चक्का र जाममा ….. खसले उचाल्छ यहाँ खसाल्नलाई, टुक्रिन्छ तराइ बिहार पसाल्नलाई …जनजाती धेरै भए कुजातै कुलमा, रुमलीन्छ सत्ता सधैं खसकै हुलमा …. एक खस उचाल्दछ अर्को खसाल्दछ, मौका हेरी मदेसी बिहार पसाल्दछ.. धर्म फेर्छन जात भन्छन राज्य चाहिन्छ रे ,भोको जनता मारे यहाँ पैसो कमाइन्छ रे …. नेप्टो नाक अनी चुच्चो भनी छुट्टीन्छ जहाँ ,गोर्खाली जात नेपाली थर सधैं भुट्टिन्छ यहाँ …जनजाती होइन , खसपनी होइन, गोर्खे भन मलाई नेपाली मात्र भन ,बाल्छ अब यसले ठुलै आगो सलाई नकोरी कन …. जय देश …