Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सुकिला बेलायती मगन्तॆ


अमर कंडेल /लण्डन
विश्वमा रहेका मध्ये औलामा गन्न सकिने धनी देशहरु मध्ये वेलायत पनि एक हो । विकासले चरम रुप लिएको वेलायतमा गरिव मुलुकमा जस्तै मगन्तेहरु पनि छन भन्दा तपाईहरु मध्ये कतिलाई पत्यार पनि नलाग्ला । तर पत्याउने वा नपत्याउने काम तपाईको ।
हामी नेपालीहरु नेपालका गल्लि गल्लिमा मगन्ते देखेको मान्छे । तर विकासले चरमचुलीमा पुगेको वेलायत जस्तो मुलुकमा कसरी मगन्ते हुन्छ भनेर पत्याउनु पनि । सत्य के हो भने नेपालमा जस्तै वेलायतमा पनि वाटोवाटोमा छ्यापछ्यापती मगन्तेहरु भेट्न सकिन्छ । फरक यति हो नेपालमा भेटीने मगन्ते असक्त फोहर कपडा लगाएका र फोहरी भेटीन्छन भने वेलायतका मगन्तेहरु सुकिला र सशक्त ।

वेलायतमा विशेषत पर्यटकहरु घुम्ने तथा सर्व साधारण मानिसहरुको चहलपहल हुने स्थानमा यस्ता सुकिला मगन्तेहरु भेट्टाउन सकिन्छ । बेलायतमा भेटीने मगन्तेहरु धेरै प्रकारका हुन्छन् । तपाईहरुको मनमा पनि लाग्न सक्छ किन वेलायत जस्तो धनी मुलुकमामा पनि मगन्तेहरु भेटिन्छन र उनिहरुको पनि आ-आफ्नै व्यथा छ । कोही मगन्तेहरु रक्सी खानको लागि मागरे बस्छन त कोही काम गर्न अल्छि मान्ने बाटोमा बसेर मागिरहेको देखिन्छ । यस्तै मगन्ते मध्ये केही भने आफ्नो कला देखाएर बाटोमा मागिरहेको दृश्य वेलायतमा सामान्य जस्तै हो ।

अझै झटक लाग्दो कुरा त के भने कोही कोही त विहे गर्न समेत पैसा मागी रहेका हुन्छन । वढदो विकास संगै वेरोजगारीले वेलायतलाई गाज्न थाले पछि भने जिन्दगी गुर्जानकै लागी माग्नुको विकल्प नभएको मगन्तेहरुको धारणा रहेको छ । काम नगरी वसी वसी खान पाईने भएका कारण पनि अहिले वेलायतमा माग्नेहरुको संख्यामा केही वर्ष यता वृद्वि हुन थालेको सरकारी तथ्यांक रहेको छ ।
नेपाल र वेलायतमा मगन्ते विच केही अन्तर रहेको छ । नेपालीहरु आफ्नो सवै सम्पत्ती सकिएर वा घरवाट अपहेलित भएर वृद्व अवस्थामा माग्छन भने वेलायतीहरु भने ब्यवसाय नै संाचालन गरे जस्तै कुनै पनि तहका मानिसहरुले माग्ने पेशा अंगालेको पाइन्छ । मागेरै जिवन निर्वाह गर्नेहरुले भने वेलायतमा सरकारलाई कर तिनुपर्ने हुन्छ । कर बुझाउनेहरुको लागी सरकारले निश्चित स्थानको ब्यवस्था गरीदिएको हुन्छ ।
रेलव स्टेशन पर्यटकीय क्षेत्र बढि सर्व साधारण चहलपहल हुने क्षेत्रमा माग्नेहरुले सरकारलाई केही निश्चित कर भने तिनुपर्ने हुन्छ । माग्नेहरु मध्ये वेलायतमा प्राय आफ्नो कला देखाउने खालका मानिसहरु हुन्छन । मगन्तेहरु मध्येमा यिनिहरु उच्च कोटीका मगन्तेमा पर्दछन् । अरुको तुलनामा यिनीहरु सुकिला र व्यवस्थित तरिकाले माग्ने ब्यवसाय गरेर बसका हुन्छन् । बाटो बाटोमा गिटार बजाउदै माग्दै बसेकाहरु मध्ये धेरैले योग्ययता अनुसारको जागीर नपाएका कारण मागेर बस्न बाध्य भएका हुन ।
वेलायबमा काम विना वाचन कठिन छ । माग्नेहरु मध्ये अझै कतिले त सरकारलाई कर तिर्नुपरेको भन्दै सरकारलाई नै मगन्ते भन्न समेत भ्याछन । उनीहरुको धारणामा देश धनी हुनुमा मगन्तेसग त मागेको पैसाको केही हिस्सा भन्ने ठान्छन । तर नेपालमा भने देशकै धनीहरुले समेत कर तिर्न समेत आनाकानी गरी रहेका हुन्छन ।
मगन्ते मध्ये वेलायतमा अर्को विशेषता भएको मगन्ते पनि छन । उनीहरु विभिन्न कार्यक्रमको नाममा वाटोवाटो पैसा माग्दै हिडेको देख्न सकिन्छ । अझै कुनै देशमा प्राकृतिक विपत्ति आउने हो भने त उनीहरुलाई नेपालीलाई दशै नै आए जस्तो हुन्छ । मगन्तेहरु विभिन्न तरीकाले राहत संकलन भन्दै भिडनै लाग्ने गर्दछ । केही समय यता वेलायतमा मगन्तेहरुको ठुलो भिड हुन थाले पछि शहरमा हिड्नेहरु समेत वाक्क हुन थाली रकेका छन् । जे भएपनि जसो भएपनि मगन्ते त मगन्ते नै हो या हाम्रो देश नेपालको हो या वेलायतको । धनि मुलुक भयो भन्दैमा जनताहरु धनि हुन्छन नै भन्नु गलत धारणा हो मगन्ते संग उल्टो माग्ने सरकार झन् महा मगन्ते होला होइन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 11, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

April 2011
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
252627282930  
%d bloggers like this: