यतिबेला तराईका फाँटहरुमा धान झुलेझै आँबुगाउँमा धान झुलेको छ । छिम्कालेकबाट निस्कने चिसो पवन र पानीले यहाँ दैलो अगाडि धान झुलेको दृश्य निकै मनमोहक छ ।
नजिकै भएपनि आँबुगाउँ जाने मेसो परेको थिएन । संयोगले भदौ ३१ गते आँबुगाउँ जाने साइत जु-यो ।आँबुगाउँ आँबु उपत्याका रहेछ । चारैतिर जंगलको बीचमा पाटा परेको मानव वस्तीबाट तनहुँ र गोरखाको सेरोफेरो देख्न पाइन्छ । खासगरी छिम्केश्वरीको फेदमा रहेको वस्ती भएकोले छिम्केश्वरीको पर्यटन विकासको लागि आँबुगाउँलाई बिसौनी बनाउन सकिन्छ ।
पृथ्वीराजमार्ग आउनु अघि स्थानीयहरु औलो रोग लाग्छ भनेर आँबुखैरेनी नझर्दा आँबुगाउँ निकै रुमानी थियो । मानिसहरुको चहलपहल थियो । समयक्रममा आँबुलेहरु खैरेनी झरेपछि बिरानो बन्यो आँबुगाउँ । तर अहिले सडक पुगेपछि भने खैरेनीतिरका मानिसहरु घडेरी खोज्दै आँबुगाउँ उक्लने गरेका छन् । बेच्दिन भन्दापनि बेचबेच भन्दै मानिसहरु आइरहेको आँबुगाउँलेहरुले बताए । करिब ५० घर जति आँबुगाउँमा रहेका छन् । केही घरमा दैलो लागेको छ भने अरु परम्परागत घरमा रहेका छन् ।
पहरेपानी सामुदायिक वन देशमै उत्कृष्ट हुनेगरी अघि बढीरहेको छ जसलाई छिचोल्दै आँबुगाउँ उक्लनु पर्छ । आँबुको टुप्पोमा पुगेर तल हेर्दा बजार क्षेत्र, गोरखाको देउराली सर्लक्कै देख्न सकिन्छ । यहींबाट मस्रयाङदी र दरौंदी नदीलाई देख्न सकिन्छ । दिन खुलेको दिन हिमालको दृश्य देखिन्छ ।
शब्द चित्र भगवान खनाल