Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सुचीलाई थप चार वर्ष जेल सजाय    


म्यानमारको अदालतले सोमबार प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ। उनलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको हो। नोबेल पुरस्कार विजेता नेतृ सुचीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ।

हाल म्यनमारको सैनिक शासनयता एक हजार चार सयभन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृंखलाबद्ध विद्रोहहरू भइरहेका छन्। स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार अवैध रूपमा वाकी-टकीहरू आयात गर्ने, स्वामित्व राख्ने र कोरोना भाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ। जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन्। ७६ वर्षीया सुचीले भने सैनिक सरकारले लगाएका सबै आरोप अस्वीकार गर्दै आइरहेकी छिन्।     

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 10, 2022 by in स्थानीय समाचार/local news.

Navigation

Follow me on Twitter

listen merosathi fm

January 2022
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: