Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सेटिङबाट ठेक्का 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको मौखिक निर्देशनमा अर्को निर्णय नभएसम्मका लागि दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकस समितिले मंगलबार नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माणको काम रोक्न निर्देशन दियो । तर, रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का पाएर छिरेको बतास समूह अन्तरगतको बी म्यानेजमेन्ट प्रालि नारायणहिटीबाट सधैँका लागि निस्कने/ननिस्कने तय छैन । मन्त्रालयले कुनै लिखित निर्देशन नदिएकाले मौखिक आदेशमा भरमा काम रोक्दा बतास झन् बलियो बन्ने अवस्था छ ।

समिति स्रोतका अनुसार बतास समूह समितिको काम रोक्ने निर्णयविरुद्ध अदालत जाने तयारीमा छ । ‘मौखिक आदेशका भरमा निर्देशन दिएकाले बतास समूह नाराणहिटीबाट फर्किने हैन, अदालतबाट झन् बलियो आदेश लिएर नारायणहिटीमै डेरा जमाउने स्थिति बनेको छ,’ समिति स्रोत भन्छ,’ समितिका कार्यकारी निर्देशकज्यूले मन्त्रालयको निर्देशन अवैध पुष्टि हुने गरी नै कम्पनीलाई पत्र लेख्नु भएको छ ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 5, 2022 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2022
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: