Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

६ जना पक्राउ  


काठमाडौं । प्रहरीले रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका-१२ बुद्धनगरबाट चोरी गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्‍ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्‍ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्‍ने ३६ वर्षीय राम बाघदास र भारत मोतिहारी घर भइ हाल टेकुमा कवाडी पसल सञ्‍चालन गर्दै आइरहेका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९.५ किलोग्राम पित्तलको तारका क्वाइलहरु बरामद गरेको छ । चोरीका सामानसहित पक्राउ परेका उनीहरुमाथि थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 29, 2021 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

December 2021
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
%d bloggers like this: