बेलायतका विज्ञहरुले नेपाललाई कोरोना विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेका छन् ।
बेलायतका स्वास्थ्य विज्ञ तथा खोप अनुसन्धानकर्ताहरु एन्ड्रयु पोलर्ड, सेरा गिल्वर्ड, सर जेरेमी फर्रर, निकोलस ह्वाइट लगायतले बेलायती विदेश सचिव डोमिनिक रावलाई एक पत्र लेखी नेपाल कोरोना महामारीको अत्यन्त संकटमा रहेको भन्दै खोप, अक्सिजन लगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका हुन् । पोलर्ड र फर्रर अक्सफोर्ड–एस्ट्राजेनिका खोपको विकासमा संलग्न वैज्ञानिकहरु समेत हुन् ।