विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप सुरक्षित रहेको दाबी गरेको छ । डब्लुएचओले एस्ट्राजेनेका खोप लगाउन आग्रह गरेको छ । एस्ट्राजेनेका खोपमा भएको अनुसन्धानमा कुनै पनि खराबी नदेखिएको डब्लुएचओको भनाइ छ । डब्लुएचओको एक विज्ञ टोलीले हालै एस्ट्राजेनेका खोपको अनुसन्धान गरेको थियो ।
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको छ । रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोप, एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले एस्ट्राजेनेका खोप लगाउन रोकेका थिए । युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको बताएको छ । नियामक निकायको विज्ञप्तिसँगै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनिया, लाट्भिया, स्लोभेनिया र बुल्गेरियाले एस्ट्राजेनेका खोप अभियान पुनः सुरु गर्ने भएका छन् ।