Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको जिम्मेवारी बाँडफाँड हुँदा विराटनगर महानगरपालिकामा भने आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व पाएका छन्।

राष्ट्रिय युवा संघले बिहीबार केन्द्रीय निकाय, विभाग र आयोगहरूको बाँडफाँड, जिल्ला, महानगर र उपमहानगरको नेतृत्वबारे निर्णय गरेको थियो। विराटनगर महानगरपालिकामा आजम परवेज मियाँलाई संयोजक तोकिएको छ।

उनी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत र उच्च अदालतले ६ महिना जेल सजाय तोकिएका अभियुक्त हुन्। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै बखत युवा संघले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएको हो।

मियाँले सर्वोच्च अदालतमा पुनरावेदन गरिरहेकाले पक्राउ गर्न नमिल्ने ‘छुट पूर्जी’ बोकिरहेका छन्।

मोरङ प्रहरीले एक पटक केही समयअघि पक्राउ गरे पनि पुनरावेदनको छुट पूर्जीका कारण छोडेको पीडितले बताएका छन्।

उनीमाथि विराटनगर-९ का मोहम्मद जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनमाथि २०६९ साल भदौ ३ गते ज्यान मार्ने कसुर गरेको अभियोग छ। पीडितहरू एकाघरका दाजुभाइ हुन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 3, 2020 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

October 2020
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: