Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी बजार ईकाई समितीको सभापति पदमा कृष्णमान तामाङ्ग निर्वाचित


By ram bahadur dhami

आँबुखैरेनी, २० पुस । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीको १० औं अधिवेशन तथा २२ औं साधारणबाट सभापति पदमा कृष्णमान तामाङ्ग निर्वाचित भएका छन् । निकटतम प्रतिद्वोन्दी गणेश कुमार श्रेष्ठलाई १४८ मत अन्तरले हराउदै सभापति पदमा तामाङ्ग निर्वाचित भएका हुन् । २०९ खसेको मतमध्ये कृष्णमान तामाङ्गको पक्षमा १७३ मत प्राप्त भएको थियो, भने गणेश कुमार श्रेष्ठको पक्षमा २५ मत मात्र प्राप्त भएको थियो । 6E4C0EE5-B7BE-4F4F-A691-5AF7A61F6871जसमा ११ मत बदर भएको निर्वाचन मण्डलले जनाएको छ । बजार ईकाईको उपसभापति, कोषाध्यक्ष लगाएत अन्य सबै सदस्य निर्विरोध निर्वाचत भएको र सभापति पदका लागि २ जनाले आफूलाई दाबी गरेपछि कृष्णमान तामाङ्ग र गणेश कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए । समितीको उपसभापतिमा दीपक कोईराला, कोषाध्यक्षमा गोबिन्द्र श्रेष्ठ र सदस्यहरुमा सुरेन्द्र कुमार श्रेष्ठ, दीपकबाबु थापा, बासुदेव पुडासैनी, खिलनाथ देवकोटा, रत्नकुमार श्रेष्ठ, उदीप कुमार श्रेष्ठ, मथुराम श्रेष्ठ, भगवान श्रेष्ठ, रामशरण कोईराला, गोविन्द अधिकारी, मनोज कुमार श्रेष्ठ, हरि परियार लगाएत चयन भएका छन् । यस अघि पनि बजार ईकाईको सभापति कृष्णमान तामाङ्ग रहनुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 4, 2018 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2018
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: