राम बहादुर धामी, आँबुखैरेनी, ८ भदौं ।
करिब २ करोड रुपैंया बराबरको आर्थिक कारोबार गर्दै प्रथम आँबुखैरेनी महोत्सव २०७१ सकिएको छ । श्री कृष्ण जन्माष्टमीको अवस
र पारेर गत श्रावण २९ गते देखि भदौं ७ गते सम्म आँबुखैरेनीमा जारी प्रथम आँबुखैरेनी महोत्सवले २ करोड रुपैंया बराबरको आर्थिक कारोबार गरेको आयोजक तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीले
जनाएको छ । यसैगरी, महोत्सव अवधिभर १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका संयोजक सुनिल मल्लले बताउनुभएको छ । महोत्सव अवलोकनका लागि काठमाण्डौं, मकवानपुर, चितवन, गोरखा, तनहुँ, कास्की, लमजुङ्ग लगाएतका स्थानहरुबाट दर्शकहरु आएका थिए । यस्तै, प्रथम आँबुखैरेनी महोत्सवको एक समारोहकाबीच नेपाली कांग्रेसका सभासद शंकर भण्डारीले समापन गर्नुभएको छ । समापन समारोहलाई सम्बोधन गर्दै सभासद शंकर भण्डारीले आँबुखैरेनी क्षेत्रको विकास गर्न सबैको दायित्व रहेको बताउनुभएको छ । सभासद भण्डारीले आफुलाई चिन्ता र चुनौती भएको भन्दै विकासको गतिमा लाग्ने बताउनुुभएको छ । नयाँ आधुनिक र विकासीत नगरपालिकाको रुपमा विकास गर्न आँबुखैरेनी गाविसलाई सक्दो पहल गर्ने सभासद भण्डारीको भनाई रहेको छ । चुनावको दौरानमा आफु जान नसकेको स्थानमा चाडैं जाने समेत उहाँले जानकारी गराउनुभएको छ । यसैबीच, प्रतिकुल मौसमको बावजुत प्रथम आँबुखैरेनी महोत्सव सफल भएको जनसंम्पर्क समितीका संयोजक ईन्द्रमान परियारले जानकारी दिनुभयो । “आँबुखैरेनी महोत्सव यस क्षेत्रको हाम्रो पहिलो आधार, लोक संस्कृतिको संरक्षण, कृषि, उद्योग र व्यापार हाम्रो पूर्वाधार” भन्ने मूल नारा सहित १० दिन सम्म संचालित आँबुखैरेनी महोत्सवमा १ सय २० वटा स्टल राखिएको थियो । महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो साङ्गेतिक प्रस्तुती प्रस्तुत गरेका थिए । महोत्सवमा प्रत्येक टिकट बिक्रीको ५ रुपैंयाबाट आँबुखैरेनी बजारमा सिसि क्यामेरा जडान गर्ने आयोजकले बताएको छ । समापन समरोहमा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठ, डिएसपी गोपीमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विके, आँबुखैरेनी गाउँ विकास समितीकी अध्यक्ष एवंम सचिव दुर्गा थापा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक राम बहादुर केसी लगाएकाको सहभागिता रहेको थियो ।