Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी चक्रपथ सडक विस्तार


आँबुखैरेनी चक्रपथ तथा सहायक मार्ग व्यवस्थापन समितिले आँबुखैरेनी बजारका सडकहरुलाई व्यवस्थित र सुन्दर बनाउने कार्यको थालनी गरेको छ । आँबुखैरेनी गाउँ विकास समिति, aanboo1शहरी विकास तथा भौतिक निर्माण डिभिजन कार्यालय, गोरखा र सडक डिभिजन कार्यालय, तनहँुको आर्थिक र प्राविधिक सहयोगमा विगत ४ वर्षदेखि आँबुखैरेनी चक्रपथ तथा सहायक मार्ग व्यवस्थापन समितिले यो कार्यलाई निरन्तरता दिँदै आइरहेको छ । aanboo10आँबुखैरेनीका आन्तरिक सडकहरुको सडक सिमाङ्कन, र लगतकट्टादेखि लिएर सडकको विस्तार, नाला निर्माण र पीचको कार्यहरुलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा समितिले कार्य गर्दै आइरहेको समितिका अध्यक्ष ऋषि के सीले बताए । aanboo4‘सडक नाला निर्माणको कामले अहिले बजारका घरहरुलाई पनि एकरुपतामा ल्याएको र यसले एउटा व्यवस्थित शहर विकासको निर्माणमा पनि सहयोग पुग्ने’ के सीले बताए । अहिलेसम्म आँबुखैरेनीको विद्यालयमार्ग र शिवालय मन्दिर परिसर, सनसाइनमार्ग, aanboo7नमूना खत्रीटोल र सैंबोटेमा नाला निर्माण कार्य सम्पन्न भइसकेको र विद्यालयमार्गका करिब ३०० मिटर पीचको कार्य सकिइसकेको समितिका सचिव अनिल श्रेष्ठले बताएका छन् । आँबुखैरेनीलाई व्यवस्थित र समुन्नत नमूना शहरकै रुपमा विकास गर्नaanboo8 शहरी विकास तथा भौतिक निर्माण डिभिजन कार्यालयले पहल शुरु गरिरहेको र त्रिवर्षिय योजना बनाएरै डिभिजन कार्यालयले काम गरिरहेको डिभिजन कार्यालय गोरखाका सहायक प्रमुख उद्धव पौडेलले बताए । चक्रपथको ३ किलोमिटरकोaanboo6 कार्यक्षेत्रलाई बढाएर अहिले समितिले ८ किलोमिटरको कार्यक्षेत्र बनाएको छ । र यसको लागि समितिले प्रारम्भिक अध्ययन र सडक विस्तारको सम्भावनाहरुको खोजी गर्ने काम शुरु गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 4, 2014 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2014
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: