Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पागल प्रेमी रिमालले गरे छुरा प्रहार


दमौली २ असार । भनिन्छ मानिसमा प्रेममा प्रेममा अन्धो हुन्छ । ठिक त्यस्तै भएको छ सोमबार तनहुँको डुम्रेमा पनि । एक युवतीको एकोहोरो प्रेममा परेका बाँझाखेतका २६ बर्षिय दीपक रिमालले आफूलाई मन परेकी युवतीलाई जीवन साथी बनाउन नपाएको झोकमा युवती र आफैलाई छुरा प्रहार गरेका छन् ।
knife122222
रिमामलले छुरा प्रहार गर्दा उनले मन पराएकी गोरखा पालुङटारकी १९ बर्षिय सोविता देवकोटा सामान्य घाइते भएकी छन् भने स्वयं रिमाल भने गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छुरा प्रहार गर्ने युवक रिमाल र उनले मनपराएकी युवती देवकोटा सोमबार दिउसो करिब १२ बजे डुम्रे स्थित प्रेम होटलको कोठामा बसेका थिए । होटलको कोठामा बस्नेक्रममा उनीहरु बीच विवाद हुँदा रिमालले युवती माथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार लगत्तै युवती भागेकी थिइन् । छुरा प्रहारबाट देवकोटाको हातमा सामान्य चोट लागेको छ । युवतीलाई छुरा प्रहार गरेका रिमालले पछि आफै माथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइतेलाई तत्कालका लागि लक्ष्मी अस्पताल लगिएको भएपनि थप उपचारका लागि पोखरा लगिएको छ ।

प्रहरीका अनुसार रिमालले देवकोटा समक्ष विवाहका लागि प्रस्ताव राखेका थिए ।तर बिहेको तयारी गरेकी देवकोटाले रिमालको प्रस्तावलाई अस्वीकार गरेका थिए ।त्यही आवेगमा सुरुमा रिमालले देवकोटालाई र आफू माथि नै छुरा प्रहार गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 16, 2014 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2014
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
%d bloggers like this: