Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँवुखैरेनीमा १० दिने महोत्सव


हरिराम उप्रेती
आँवुखैरेनीः घरेलु उत्पादनलाइ प्रोत्साहन गर्दै स्थानिय कला संस्कृतिको उजागर गर्ने उद्देश्यका साथ तनँहूको आबुखैरेनीमा दश दिने प्रथम आँबुखैरेनी महोत्सव हुने भएको छ । festive
उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाइको आयोजनामा महोत्सव हुन लागेको हो । साउन २९ गते देखि भदौ ७ गते सम्म महोत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाइका अध्यक्ष सुनिल मल्लले जानकारी दिए । ‘महोत्सवको मुख्या आकर्षकको रुपमा खाना महोत्सव, स्थानिय मादल, ठेकी, माटोको भाँडा, मान्द्रो, लोकल मह, घ्यू कपडा लगायतका घरेलु उत्पादनहरु रहनेछन् ।’ मल्लले भने ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको सांगितक कार्यक्रम, साहित्यक जमघट, स्थानिय कलाकारहरुको प्रस्तति तथा खेलकुद प्रतियोगिता हुने पनि मल्लले जानकारी दिए । महोत्सवमा करिव १५ लाख देखि १८ लाख सम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट २० देखि २२ लाख सम्म आम्दानि हुने अनुमान उद्योग वाणिज्य संघ वजार इकाइको छ । आँवुखैरेनी ६ का स्थानीयहरुको २५ रोपनि जग्गा भाडामा लिएर महोत्सव गर्न लागीएको मल्लले बताए ।
मल्लले भने ‘लोक संस्कृतिको जगेर्ना गर्न र ब्यपार ब्यवसायको प्रवद्घन गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरेका हौँ ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 3, 2014 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2014
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
%d bloggers like this: