हरिराम उप्रेती
आँवुखैरेनी ः आँवुखैरेनी– ५ मुलपानी र गोरखा देउराली ७ अर्चले अजिंगरेफाँट
जोड्ने गरी मस्र्यादी नदीमा पक्कि पुल वन्ने भएको छ । पुल निर्माणका लागी
शनिबार बाट प्राविधिक मुल्याङकनको काम शुरु भएको छ । प्राविधिकको मुल्याकन
पछि जिविसले टेण्डर प्रक्रिया अगाडी वढाउने तयारी गरेको छ । संघिय मामिला
तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास तथा ग्रामीण कृषि सडक
विभाग (डोलिडार) परियोजना अन्तर्गत पुल निर्माण हुन लागेको हो ।
डोलिडारको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष गोरखालाई डेढ करोड रुपैयाँ
वजेट परेको छ ।
सोहि रकमले पुल निर्माण हुन लागेको जानकारी प्राप्त भएको स्थानीय दिपक
खनालले बताए । मस्र्याडदी जलविद्युत परियोजनाको प्रभावित गाविस
भएकाले कृषि, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुधार गर्ने उदेश्यले सो पुल
निर्माण गर्न लागीएको हो । मोटेरेवल पुल बनेपछि धुँवाकोट, च्याडली,
पालुटार, गाईखुर लगायत गाविसमा रहेका ग्रामीण सडकको पृथ्वि राजमार्ग सँग
सीधा सम्पर्क स्थापित हुने अपेक्षा गरिएको छ ।
ऋजययकभ ब कतष्अपभच यच झयतष्अयल