हरिराम उप्रेती
उमेरले अधँवैसे देखिने, तिलचाम जस्तो केहि काला, केहि कपाल फुलेका, महिलाले जस्तो कपाल पालेका अमृत गितको तालमा चिच्याउँदै नाच्दै थिए । आँवुखैरेनीको माइ मनकामना चलचित्र मन्दिरमा करिव दुइ घण्टा सम्म दर्शकलाई उनले देशभक्ति भाव पुर्ण गित मात्र सुनाएनन् दर्शकलाई मन्त्रमुग्ध पारे । अमृतले शुक्रबार ‘जोगले हुन्छ भेट मायाँले हुन्छ सम्झना, छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुइरोले, चरि म¥यो सिसैको गोलिले, गाउँ गाउँ बाट उठ वस्ति वस्ति बाट उठ, जाम भने जाम तनि, खान्न मत लामपाते सुरति’ भेडाको उन जस्तो लगायतको वाहुचर्चित गित प्रस्तुत गरे । उनले गित गाउँदै गर्दा स्वरमा स्वर मिसाउँदै गरेका दर्शकहरु उनले देश प्रति गरेको मायाँको प्रशंसा समेत गरिरहेका थिए । नेपालको प्रसिद्ध साङ्गेतिक ब्याण्ड नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ भन्ने नाराका साथ देशका विभिन्न स्थानमा साङ्गीतिक कार्यक्रम गर्ने क्रममा आँवुखैरेनीमा पनि गरेको हो । आँवुखैरेनीमा भएको कार्यक्रम हेर्न गोरखा, दमौलि, डुम्रे सम्मका दर्शहरु आइपुगेका थिए । दिउँसो ३ बजे देखि अपराह्न ५ बजे सम्म भएको सांगितिक कार्यक्रम भएको हो । सांगितक कार्यक्रबाट संकलित रकम आँबुखैरेनी–५, ढकालटारस्थित अन्नपूर्ण प्रावि र आँबुखैंरेनी–९को चण्डेश्वरी प्राविको भौतिक पूर्वाधारका लागि सहयोग प्रदान गरिने स्थानीय आयोजक संस्थाका अध्यक्ष हरिभक्त श्रेष्ठले जानकारी दिए । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई, तनहुँ जिल्ला फुटबल संघ, लियो क्लब अफ आँबुखैरेनी र मेरो साथी एफएम १०७.२ मेगाहर्जको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।