Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आबुखैरेनीमा नेपथ्यको कन्सर्ट पौष ५ मा


नेपालको प्रसिद्ध सांगेतिक व्याण्ड नेपथ्यले शान्तिका लागि शिक्षा भन्ने नाराका साथ देशका दश स्थानमा सांगेतिक कार्यक्रम आयोजन गर्ने भएको छ ।यसैक्रममा नेपथ्यले पुस ५ गते तनहुँको आँबुखैरेनीे सांगेतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।सो कुराको जानकारी स्थानीय आयोजकहरुले शनिबार आँबुखैरेनीमा पत्रकार सम्मेलन आयोजना गरि गराएका हुन् ।aaaaaaaaपत्रकार सम्मेलनमा जानकारी दिए अनुसार सांगेतिक कार्यक्रममा व्याण्डका गायक अमृत गुरुङग लगायतले लगातार दुई घण्टा सांगेतिक प्रस्तुत  गर्नेछन् । विशुद्ध सामाजिक सेवाको भावनाले आयोजना गर्न लागिएको सांगेतिक कार्यक्रमबाट उठेको रकम आँबुखैरेनी ५ ढकालटार स्थित अन्नपूर्ण प्रा.वि. र आँवुखैरेनी ९ आमडाडा स्थित चण्डेश्वरी प्रा.वि.को भौतिक पूर्वाधारका लागि सहयोग प्रदान गरिने भएको छ ।

पत्रकार सम्मेलनमा सांगेतिक कार्यक्रमका संयोजक हरिभक्त श्रेष्ठ, आयोजक संस्थाका प्रतिनिधीहरु रत्नकुमार श्रेष्ठ र प्रेम श्रेष्ठ लगायतले तयारीका बारेमा जानकारी गराएका थिए ।उक्त सांगेतिक कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई,तनहुँ जिल्ला फुटबल संघ, लियो क्लब आँबुखैरेनी, र  मेरो साथी एफ.एम .को सयुक्त आयोजनामा गर्न लागिएको हो ।यसैबीच सदरमुकाम बाहिर यस किसिमका सांगेतिक कार्यक्रम आयोजना हुनु अत्यन्त गौरवको विषय भएको संयोजक श्रेष्ठको भनाई रहेको छ । यो कार्यक्रमले एकातिर सांगेतिक मज्जा लिन पाउने र अर्को ठाउँको समेत प्रचार हुने श्रेष्ठको भनाई छ । त्यस्तै आयोजक मध्येका तनहुँ जिल्ला फुटबल संघका अध्यक्ष  रत्नकुमार श्रेष्ठ पनि सामाजिक सेवा गर्ने उदेश्यले नेपथ्य व्याण्डको सांगेतिक कार्यक्रम आयोजना गर्न पाउँदा आफूहरुलाई अत्यन्त खुसी लागेको बताउँछन् । श्रेष्ठ कार्यक्रम भव्य रुपमा सम्पन्न हुने समेत बताउँछन् ।त्यस्तै आयोजक मध्येका प्रेम श्रेष्ठ समेत अन्तराष्ट्रिय स्तरमा कार्यक्रम गर्दे आएको नेपथ्य आफनो ठाउँमा आउनु अत्यन्त गौरवको विषय भएको बताउँछन् ।श्रेष्ठ नेपथ्य व्याण्ड आफ्नो ठाउँमा आउँछन भनेर कहिल्यै पनि नसोेचेको समेत बताउँछन् ।विश्वका विभिन्न भागमा सांगेतिक कार्यक्रम प्रस्तुत गरेर नेपथ्य व्याण्ड आँबुखैरेनी आउने भएपछि स्थानीय वासिन्दाहरु समेत निकै हर्षित भएका छन् । नेपथ्य व्याण्डको सांगेतिक कार्यक्रम सफल बनाउन आफूहरु समेत कम्मर कसेर लाग्ने आँबुखैरेनी बासीको भनाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on November 30, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

November 2013
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
252627282930  
%d bloggers like this: