Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

परदेशी कान्छाको पहिलो दशैं


मस्त होटलमा साफ गर्दै थिए
फोन बज्यो
हेल्लो हेल्लो
बाबु सन्चै छौ तिमी
प्रायः त भनेर बोलाउने आमाले मलिन स्वरमा तिमि भनेर बोलाउनु भयो
मैले कुरा बुझे किनकी जो दशैको बेला न थियो । सायद आमालाई जन्मे देखी नछुटाएको दशै पहिलो चोटी छुटाउनु परेको पिडा थियो ।
हजुर आमा नमस्कार सन्चै छु । dashain-1
“आजा दशैं हो तिमिलाई थाहा छ बाबु ।”
विचरा बुढी आमा लाई लाग्दो हो परदेशमा गएपछी काम र व्यस्तताले गर्दा दशैंको पनी ख्याल गर्दैन होला भनेर
त्यसो कहाँ हुन्छ र नेपालीको हकमा दशैं भन्ने पर्व पृथ्विको जुनै सुकै कुनामा गएपनी
विर्सने कुरै भएन ।
मैले थाहा छ आमा भने
“अनी के गदैर्छौ त बाबु दशै हो मान्नु पर्छ
साथीभाई होला रमाइलो गर्दै होला,
दशै हो विदा हुन्छ क्यारे हगी ”
आमाले परदेश भनेर विर्सनु भएछ । यहाँ दशै न ससै नो वकै नो फुड यो कुरा विदेशमा हुनेले राम्रो संग बुझेको हुनुपर्दछ ।

पछाडीबाट सुपरभाइजर हल्ला गर्दै आइरहेकी थिइ । विरानो मुलुकको मान्छेलाई के थाहा हुन्छ र हामी परदेशीको पिडा र आमाको माया । उनीहरुको हकमा यो लागु हुदैन । उनीहरुको जिन्दगी नै काममा अभ्यस्त बनाएको हुन्छ । काम अनी बल्ल माया ममता अनी रमाइलो
कामको बेला फोनमा बोलेको देख्यो भन्यो त कामबाट यस्तो नरानै निकाल्ने गरी नराम्ररी झपार्छे । सुपरभाइजरको स्वर सुनेपछी मेरो बोली आमा संग भएपनी दिमाग भने सुपरभाईजरको हिडाइमा थियो । आमा भने म संग धेरै गफ गर्ने मुडमा हुनुहुन्थ्यो । म भने कुरा लाई सटिक बनाउने धुनमा थिए । कस्तो आपत काम छु भनौ आमाको मन न हो दशैंको बेलामा पनी काम गर्नु पर्ने भनेर चिन्ता लिन्छ भन्ने पिर,
फोन राखु त चाडपर्वको बेला आमाको गफ गर्ने मुडलाई नकार्न सकिन । आमा भन्दै हुनुहुन्थ्यो । “राम्रो संग खानु । साथीभाई सबैलाई खुशी राख्नु , परदेश न हो सबैको ख्याल राख्नु आफुलाई पर्दा पनी सबैलाई ख्याल राख्छन ।” यहा दशैंको बेलामा त शुभकामना दिने फुर्सद छैन कसले र्हेर्ने ? । सुपर भाइजर रफ्तारमा थिइन । आमालाई बाँकी कुरा भोली पल्ट फोनमा गर्ने वाचा गर्दै कुरा सटिक बनाउदै फोन राखे । थहा भएन आमाको मनमा के खेल्यो । तर मलाई निकै नमाजा महशुस भइरह्यो । सायद नेपाल छोड्दा पनी त्यस्तो नमजा भएको थिएन होला । मनलाई सम्हाल्ने प्रयास गरे , कामलाई निरन्तरता दिए । सुपरभाइजर पनी आइपुगी सधै जसो क्विक क्विक भनी , डियुटी सके पछी हतार हतार कोठामा गएर फोन लगाए । फेरी आमा संग झुटो बोल्न बाध्य भए । एउटा ले सुरु सुरुमा भनेको थियो । विदेश आएपछी निकै फटाहा भइन्छ । साच्चै त्यस्तै भयो । त्यो आफ्नै माता संग फटाहा बोलेर मैले पनी उनको भनाईलाई आत्मसाथ गर्दै थिए । “साथिभाई हरु रमाइलोमा थिए । फोन राख्ने हतार भयो । परदेशको दशै पनी निकै रमाइलो हुदो रहेछ आमा ।चिन्ता नर्गनुहोस । दशैको शुभकामना आमा । अब सुत्नुहोस ।”
एक जना दाजुलाई फोन लगाए , दशैको न्यास्रो मेटाउन थियो । दाजु पनी १२ घण्टे पेलान बाट कोठाको यात्रा गर्दै हुनुहुन्थ्यो । सबै कुरा वेलिविस्तार लगाए ।” भाई लाई पहिलो दशै भएर हो तिहारमा पनी यस्तै हुन्छ । मलाई पनि यस्तै भएको थियो । विस्तारै बानी पर्छ । ” दाजुको बोलीमा चाडपर्व प्रती कुनै सरोकार नभए जस्तो भान थियो । उनले भन्दै थियो ” भाई परदेशीको हकमा चाडपर्व नआएको बेस , यसै जिवन चलाउनु पर्छ उसै , चिन्ता नलिग मिल्यो भने भेटेर दारु पानी पियर दुख सुख साट्नु पर्छ । दशैको शुभकामना ” भन्दै फोन राख्नु भयो । अहिले दशै नमानेको पनी धेरै भयो । े दाजुले भनेजस्तै आफै ठिक छ भने झै यसपाली म ठिक छु । परदेशी जिवन विताउने वानी मलाई परी सकेको छ । अहिले त फेसबुकको जमाना पनी आएको छ । यसले झनै सजिलो बनाइदिएको छ । निधारमा टिका थाप्न नपाए पनी , गाउँमा पिङ्ग खेल्न नपाएपनी , साथिभाईहरु संग घुमघाम गर्न नपाएपनी , फेसबुकले हदै सम्म मलम लगाइदिएको छ । गाँउघरमा कस्तो छ कुन्नी फेसबुकमा भने भयंकर दशै लागि सक्यो । सबैलाई परदेशी कान्छाको तर्फवाट शुभकामना ।

परदेशी कान्छा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 11, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

October 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: