Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

” आँबुखैरेनीमा मलाई कामै पुगेको छैन ” -श्यामबाबु ओलिया प्रहरी निरीक्षक,


गत भदौ २९ गते आँबुखैरेनीमा घरेलु हिंसा, अवैध घरेलु मदिरा र लागूपदार्थ दुव्यर्सनी विरुद्ध सामाजिक जनचेतना फैलाउने उद्देश्यले –याली निकालेपछि एकाएक चर्चामा छन् इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख वा प्रहरी निरीक्षक श्यामबाबु ओलिया । करिब चारहजार जतिको भव्य –यालीले बजार परिक्रमा गर्दै आयोजित कार्यक्रमले मानिसहरुको चेतनामा परिवर्तन ल्याएको उनको कथन छ । उनी भन्छन्, “त्यस कार्यक्रमले दिमागमा ‘स्ट्राइग’ गर्ने कार्य भयो ।” यसपछि मानिसलाई त्यस्ता कार्यहरु गर्न कुनै न कुनै प्रश्न उब्जिएपछि स्वत आत्मादेखि नै गर्न मन नलाग्ने भएको उनको बुझाइ छ । यसले प्रहरीको कार्यमा पनि सफलता मिलेको छ । 1374183_643099585730682_1664543017_n
इप्रका आँबुखैरेनी ‘क’ वर्गमा पर्छ । वि.सं २०६८ बाट अपराध अनुसन्धान अन्तर्गत मुद्दा चलाउने सक्ने अधिकार पनि राख्दै आएको छ । यसको कार्यक्षेत्र भित्र आँबुखैरेनी, बन्दिपुर, छिम्केश्वरी, देउराली, देवघाट र कोटा गाविस पर्दछन् । यसैगरी देउरालीमा रहेको इप्रकाको पनि मुद्दा हेर्ने गर्दछ । इप्रका आँबुखैरेनीमा मुद्दा, प्रशासन, विशेष र कार्य शाखा गरी चारवटा शाखाहरु छन् । यहाँ ३३ जना प्रहरीको दरबन्दी रहेको हाल ३० जना मात्र कार्यरत छन् । जसमा एक प्र नि, एक प्रहरी नायब निरीक्षक(सई), २ प्रहरी सहायक निरीक्षक(असई), ११ जना हवल्दार, १४ जना सिपाही र १ जना परिचर रहेका छन् ।
उमेरमा पनि युवा रहेका लमजुङ तार्कुघाट स्थायी घर भएका श्यामबाबु ओलिया काममा दृढ छन् । वि.सं २०६१ सालमा निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका ओलिया गत बैशाखमा काठमाण्डौंको महानगरीय प्रहरी बृत्त बालाजुबाट सरुवा भएर इप्रका आँबुखैरेनी आएका हुन् । यसअघि उनी ओखलढुंगा, बारा, गोरखा, खोटाङ, स्याङजामा कार्यरत रही सकेका छन् भने शान्ति सेना अन्तर्गत सुडानमा एक वर्ष मिसन गइसकेका छन् ।
छ महिनाको छोटो अवधिमा उनले आँबुखैरेनी र उनको कार्यक्षेत्रको सुधारको लागि प्रयास गरेका छन् । उनले गरेका प्रयास र योजना बारे गरिएको कुराकानी विस्तृतमा ः
गत भदौ २९ को –याली त तपाईंको अहिलेसम्मको जागिरे करियरमै एउटा महत्वपूर्ण क्षण होला हैन ? यसले के प्रभाव गरेको छ, भनिदिनुस् न ?

प्रहरीले धेरै काम गर्नुपर्छ । मेरो मन्यता काम गर्नुपर्छ भन्ने हो । नौ वर्षको जागिरे अवधिमा जति काम गरें मैले, गत भदौ २९ गतेको –याली पनि एक महत्वपूर्ण क्षण हो मेरो लागि । यसले मलाई व्यक्तिगत रुपमा काम गर्ने उत्साह थपिदिएको छ । प्रहरीले स्थानीयको सहयोग पक्कै पनि लिनपर्छ र सक्छ पनि ।
आँबुखैरेनीमा घरेलु हिंसा, अवैध घरेलु मदिरा र लागूपदार्थ दुव्यर्सनी विरुद्ध सामाजिक जनचेतना फैलाउने उद्देश्यले प्रहरीले लायन्स क्लब, आमा समूह आदिसँग मिलेर –याली निकालेपछि यसको सन्देश निकै राम्रो गएको छ । त्यस दिन आँबुखैरेनी गाविसभरीका स्थानीयहरुको करिब चारहजार जतिको भव्य –यालीले मानिसहरुको चेतनामा परिवर्तन ल्याएको छ । त्यस कार्यक्रमले दिमागमा ‘स्ट्राइग’ गराएको छ । घरेलु हिंसा, लागू पदार्थ दुव्यर्सन, जुवातास नियन्त्रण र अवैध मदिराको नियन्त्रणको लागि यसले निकै सहयोग पु–याएको छ । उनीहरुको आत्माले नै त्यस्ता काम गर्न मन्जुरी नदिइरहेको महसुुस गरेको छु ।
महिलाहरु निकै उपस्थित थिए त्यो दिन, हैन ?

हो, त्यस दिन टोलटोल र वस्तीवस्तीबाट महिलाहरु कार्यक्रममा सहभागि थिए । यसले महिलाहरुमा राम्रो प्रभाव परेको बुझेको छु । पहिले प्रहरीसँग काम गर्न महिला हिच्किचाउने गरेकोमा अहिले मलाई पहिला सूराक दिनेनै महिला छन् । अहिले उनीहरु हाम्रो कार्यालयमा फोन गर्न हिच्किचाउँदैनन् । अवैध घरेलु रक्सी, जुवातास नियन्त्रण, लागू पदार्थ दुव्यर्सनी रोक्न उनीहरुले निकै सहयोग गरेका छन् । यस्तै साथ निरन्तर पाउन सकेमा हामीलाई पनि काम गर्न निकै सजिलो हुने थियो ।
तपाईंको कार्यालयमा महात्मा गान्धीको यो भनाइ झुण्डिएको छ, “खराब मानिसलाई सुधार्ने मुख्य औषधी हो प्रेम र स्नेह ।” के यस्तै वातावरण छ त भित्र ?

धन्यवाद यस्तो रचनात्मक प्रश्नको लागि । समग्रमा पहिलाको तुलनामा प्रहरीको स्वभाव आधा प्रतिशतले नरम बनेको छ । देशका सबै खाले परिवर्तन र पछिल्लो समय प्रहरी महानिरीक्षकको ‘मुस्कानसहितको सेवा’ भनाइले पनि हाम्रो स्वभाव बढी नरम, मिजासिलो बनेको छ । हुनत कार्यक्षेत्रको हिसाबले पनि कडा त प्रहरी हुनुपरेपनि सकेसम्म मानिसलाई प्रेम र स्नेहको वातावरणको मेन्टेन गरिरहेका छौं । प्रहरी पनि समयसापेक्ष ढंगले चल्नुपर्छ नि ।
आँबुखैरेनी आइसकेपछि यहाँका समस्याहरु के–के पाउनुभयो ?

यहाँको समस्याहरु पत्ता लगाउन र समाजको जनचाहना पहिचान गर्न मैले बजार क्षेत्रका व्यापारी, व्यवसायी, बुद्धिजिवी, युवा,महिलाहरुसँग अन्तरक्रिया गरें । खासगरी यहाँका जल्दाबल्दा तीनवटा समस्याहरु रहेछन् । खासगरी लागू पदार्थ दुव्र्यसनी, जुवातास, सवारी दुर्घटना, अवैध घरेलु मदिरा अन्यत्र जस्तै आँबुखैरेनीको पनि समस्या रहेछ ।
ती समस्याहरुलाई समाधान गर्न के कस्ता कदमहरु चाल्नु भयो ? र, चालिरहनु भएको छ ?
प्रहरी हरदम क्रियाशिल हनुपर्छ भन्ने मेरो मन्यता हो । त्यसैले तुरुन्तै साइकल गस्तीको सुरुवात गरें । आँबुखैरेनीका समस्याग्रस्त स्थानमा दिनको तीनपटक तीनवटा साइकलबाट गस्ती गर्दा प्रहरी सक्रियता बढ्दै गएको आभाष समाजले पायो । फलस्वरुप लागूपदार्थ दुव्यर्सनमा लागेका ३५ जना व्यक्तिहरुलाई प्रहरीले पक्रन सफल भयो । कोही लागू पदार्थ सेवन गर्दागर्दै, कोही ट्याब खाएर झुम्म भएर बसेको अवस्थामा र कोही चाहिं भर्खरभर्खर लागू पदार्थ सेवन गर्न शुरु गरेकालाई प्रहरीले पक्रियो । केहीलाई आवश्यक काउन्सिलिङ गरेर फर्कायौं । ६ जनालाई मुद्दा चलाएकोमा १ जना पुर्पक्षको लागि जेल चलान भएको छ भने ५ जना धरौटीमा रिहाइ भएका छन् ।
रक्सी पिएर होहल्ला गर्ने र गुण्डागर्दी गर्ने विरुद्ध कार्वाहीदेखि नाबालिकालाई जर्वजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरी दुवैजना पुर्पक्षको लागि जेल चलान गरिएको छ । घरेलु अवैध मदिरा उत्पादन र बेचविखनमा बजारी क्षेत्रमा ९९ प्रतिशत बन्द भएको छ । लागू पदार्थ दुव्यर्सनी अहिले खोजेर हिड्दा पनि पाउन सकिएको छैन । त्यस्ता युवाहरु पचास प्रतिशत विदेशिएका वा अन्यत्रै बस्न थालेका, २५ प्रतिशत सुधारिएका र बाँकी कार्वाहीको प्रक्रियामा रहेकोले सुध्रिदै पनि छन् । यसैगरी घरेलु हिंसा केही हदसम्म न्यूनीकरण भएको छ ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न मुग्लिङपुलदेखि आँधीखोलासम्म १२ वटा होर्डिङ बोर्ड राख्यौं । रातमा प्रहरीले गस्ती गर्दा सुरक्षाको लागि लगाउने फ्लोरसेन्ट ज्याकेटको व्यवस्था भयो । स्थानीय सुन चाँदी व्यवसायलाई सुरक्षित गर्नको लागि पनि साँचोमा जडित साइरन र सिसीक्यामेरा राख्नको लागि आग्रह गरिएको छ । केहीले साँचो जोडेको र एक व्यवसायीले सिसीक्यामेरा राखेको भन्ने सुनेको छु ।
दशैंको सुरक्षा योजना कस्तो बनेको छ ?

प्रहरीको कर्तव्य सदैव समाजमा शान्ति सुरक्षा र अमनचयनको वातावरण कायम राख्नु हो । हाम्रा कतिपय योजनाहरु कार्यन्वयनमै छन् भने केही हुदै जानेछन् । दशैंलाई लक्षित ‘गरेर जहाँ समस्या, त्यहाँ प्रहरी’ भन्ने ‘प्रोम्पट एक्सन’ योजना अघि सारिएको छ । यसमा बाटोको म्यादबाहेक एक मिनेट प्रहरी समस्यास्थल पुग्ने योजना छ ।
स्थायी डुयूटी, दिउँसो बजार गस्ती, आँबुखैरेनी चोकमा चौबिसै घण्टा पिकेट, डुम्रेदेखि मुग्लिङसम्म राजमार्ग गस्ती हप्तामा चार पटक गरिरहेका छौं । दैनिक मापसे जाँच, सप्राइज जाँच, एलआरपी(लङ रेन्ज पेट्रोल) छिम्केश्वरी र देउरालीलाई केन्द्रित गरी यसैगरी निरीक्षकको कमाण्डमा गाडीबाट क्यूआरटी मोबाइल गस्ती गर्छौं । राती दुई सिफ्टमा बजार गस्ती गर्छौं । सिभिल पोशाकमा दुईजना प्रहरी सुराकीको रुपमा सधैं छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्नलाई के गर्नु भएको छ ?

राजमार्गको हाम्रो कार्यक्षेत्र भित्र दैनिक ट्राफिक चेकजाँच गर्छौं । मापसे जाँचलाई निरन्तरता गरिरहेका छौं । कार्यक्षेत्र भित्र तीनवटा दुर्घटना न्यूनीकरण समिति बनेको छ । सत्रसय, बरादी र नारीनघाटमा बनेको सडक दुर्घटना न्यूनीकरण समितिले चक्काजाम निरुत्साहित गर्न, सवारी सम्बन्धी जनचेतना फैलाउन सहयोग पु–याएको छ ।
ट्राफिक जाँचमा राजश्व कत्तिको उठ्ने गरेको छ ?

वैशाखयता ५ लाख ९३ जहार ५ सय रुपैयाँ राजश्व उठेको छ । चालू आर्थिक वर्षको साउनमा १ लाख ६२ हजार र भदौमा १ लाख १५ हजार रुपैयाँ उठेको थियो ।
तपाईं त गण्डकी अन्चलको प्रवेशद्धारमा हुनुहुन्छ ? कत्तिको व्यस्त रहनुपर्छ ?
राजधानी र अन्य शहरी क्षेत्रको तुलनामा त खासै व्यस्त नभएपनि राजमार्ग भएकोले भिआइपी स्कर्टिङ, सामाजिक सुरक्षा, अपराध नियन्त्रणको हिसाबले व्यस्तनै रहनु पर्छ । राजमार्ग र शहरी क्षेत्र प्रवेश गर्ने नाका भएकोले अन्यत्रबाट अपराध गरेर भाग्ने स्थान पनि भएकोले विशेष चनाखो हुनुपर्छ । मलाई त आँबुखैरेनीमा अझै काम पुगेको छैन ।

आँबुखैरेनीमा चोरीको घटनाहरु कत्तिको देखिन्छ ?

यहाँ व्यावसायिक चोरहरुको समूह र व्यक्ति नभएपनि छिटफुट चोरीका घटनाहरु भइरहन्छ । घर, कोठा फोरेर सुन चोर्ने काम भएको पाइन्छ । अहिलेसम्म ती सामान्य चोरी गर्ने व्यक्तिलाई पनि समाउन नसक्दा चोर नै कोहो भन्ने पनि पत्ता लगाउन सकिएको छैन । तर, प्रहरी प्रयासरत छ । चोरी थाहा भएर हुने घटना हैन । यसैले सर्वसाधारणले पनि सावधानी अपनाउन जरुरी छ । बैंक तथा वित्तिय संस्था, घर तथा पसलहरु सबैमा हामीले चोरी विरुद्ध विशेष निगरानी गरिरहेका छौं ।
आँबुखैरेनीका होटल, लजहरुमा वेश्यावृत्ति छ भन्ने कुरा कत्तिको सत्य हो ?

यहाँका होटल, लजहरुमा वेश्यावृत्ति छैन । होटल, लजहरुले वेश्यावृत्तिको लागि पेशेवर मानिसहरु राखेर काम गराएका छैनन् । यो निकै पोजिटिभ कुरा हो । तर, केही विकृतिहरु छन् । जस्तैः श्रीमान्, श्रीमतिबाहेकका महिला, पुरुषहरु जोडीको रुपमा आएर कोठामा बसेर जाने गरेको पाइन्छ । नक्कली माया मोहजालमा परेर घर व्यवहार बिग्रार्नेहरु यसरी आउने गरेका छन्, केही मात्रामा । यसको लागि पनि प्रहरी र होटल व्यवसायीबीच अन्तरक्रिया गरेर होटलमा डाटा इन्ट्री गर्ने, सम्पर्क नंबर राख्ने लगायतका कार्यहरु गर्न भनेका छौं । यो कार्य व्यवसायीहरुको हितमा पनि छ । कुनै खराब कार्यहरु भएगरेमा पहिचान गर्न सजिलो पनि हुन्छ ।
बजारमा कालोबजारी रोक्न प्रहरीले के गरेको छ त ?

मानिसहरु आँबुखैरेनीको बजारमा कालोबजारी छ भन्छन् । यसको लागि उद्योग वाणिज्य संघसँग मिलेर केही महिना अघि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समूहले छापा मारेको थियो । कालोबजारी रोक्न पनि हामीलाई अनुमति पनि दिइएको छ । यहाँका पसलमा मूल्य सूची कम मात्रामा राखिएको पाइन्छ । नयाँ होटल, किराना पसलहरु दर्ता गरेको पाइदैन । यहाँको बजार अन्यत्रको तुलनामा सफा रहेपनि मासु पसलमा डिफ्रिजहरु राख्नुपर्छ । मासु पसल र होटल, रेष्टुँराले सरसफाइमा अझै ध्यान दिन जरुरी छ । झिंगा भन्केका खानेकुरा खुवाउनु हुदैन । खासगरी फेन्सी कपडा पसलमा साविकभन्दा चारपाँच गुणासम्म मँहगोमा बेच्ने गरेको सुनिन्छ । भन्नेबेलामा २ हजार ५ सय भनेर किनेबेच १ हजारसम्म गरिने गरिएको भन्ने पाइन्छ । यसरी उपभोक्ताहरुलाई शोषण गर्नुहुदैन । यसको लागि उपभोक्ता पनि सचेत हुन जरुरी छ ।
कत्तिको प्रेसर आउँछ, काम गर्दा ?

यहाँ राजनीतिक दबाब छैन । सानोतिनो रुपमा केही अप्ठेराहरु त आइहाल्छन् नि !

प्रहरीलाई बर्दीका नागरिक र नागरिक बर्दीविनाका प्रहरी भनिन्छ ? स्थानीयले बर्दी विनाको प्रहरीको भूमिका कत्तिको निर्वाह गरेका छन् ?

क्कै पनि प्रहरी बर्दीसहितको र नागरिक बर्दी विनाका प्रहरी हुन् । हामीबीच नङ र मासुको सम्बन्ध चाहिन्छ । आँबुखैरेनीमा नागरिक र प्रहरीको सम्बन्ध राम्रो छ । यसलाई अझै गुणात्मक, व्यापक बनाउन प्रहरी कटिबद्ध छ । हाम्रो तर्फको सबै प्रयास गर्न चाहन्छौं, र गरिरहेका छौं । स्थानीयले सूचना मात्र दिएमा पनि हामीलाई समस्या पहिचान र नियन्त्रण गर्न सहयोग हुन्छ । प्रहरीले आउ भन्दा मात्र नभई समस्या लिएर आफैं पनि प्रहरीकोमा मानिसहरु आउनुहोस् भन्ने हाम्रो धारणा हो । इनिसियसन स्थानीयले लिए अझै राम्रो काम गर्न सकिन्छ ।
भावी योजना सुनाउनुस् ।
सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना गर्छौं । ट्राफिक जनचेतना र लागूऔषध नियन्त्रण गर्न ‘स्कुल सम्पर्क कार्यक्रम’ गर्छौं । सरोकारवालाहरु र स्थानीयहरुसँग पटकपटक अन्तरक्रिया, छलफल गर्दै आँबुखैरेनीमा नमूना कार्य गर्छौं ।
तपाईँलाई यस वेभपेजको तर्फबाट दशैं तथा दीपावलीको शुभकामना ।
मेरो व्यक्तिगत र इप्रकाको तर्फबाट तपाई, तपाईको वेभपेज र पुरै टीमलाई पनि दशैं तथा दीपावलीको शुभकामना ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 5, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

October 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: