आवुखैरेनी ः आवुखैरेनी चक्रपथको स्तरोन्नती शुरु भएको छ । आवुखैरेनी वडा नम्वर ६ को मनकामना चोक देखि गाविस भवन सम्म रहेको चक्रपथ स्तरोन्नती थालिएको हो । बजारमा जनसंख्याको चाप वढ्दै गइरहेको र घर निर्माणको काम तिव्र रुपले वढदै गएकाले शहरी विकासका लागी चक्रपथ निर्माण गरिएको हो । चक्रपथ स्तारोन्नति अन्तरगत भित्र बाटोहरुमा नालि निर्माण र पिच गर्ने काम भइरहेको चक्रपथ तथा सहायक मार्ग ब्यावस्थापन समितिको अध्यक्ष रिसी केसीले जानकारी दिए । आवुखैरेनीलाइ ब्यावस्थित शहरीकरण गर्न शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाको १० लाख आर्थीक सहयोगमा चार सय ९१ मिटर नालि निर्माण कार्य भइरहेको केसीले बताए । त्यस्तै सडक डिभिजन कार्यालय तनहुँको १०लाखको लागतमा दुइ सय चार मिटर पिच र एक सय मिटर नालि निर्माण कार्य पनि भइरहेको उनले जानकारी दिए । तिन वर्ष अघि सात लाख रुपैयाको लागतमा चक्रपथको ग्रावेल गर्ने कार्य भएको थियो । त्यस्तै गत शाल सडक डिभिजन कार्यालय तनहुँ र भवन डिभिजन कार्यालय गोरखाको २० लाखको लागतमा स्तरोउन्नतिको काम भएको थियो । वैशाख २० गते बाटै टेण्डर प्रत्रिया थालि काम अगाडी वढाइएको केसीले जानकारी दिए । गत शाल विद्यालय मार्गमा नालि तथा शिव मन्दिर र गुम्वा प्रवेश द्घारमा सडक पिच गर्ने काम भएको थियो ।