लियो क्लब अफ आँबुखैरेनीको आयोजनामा यहि मिति २०७० बैशाख २१ गते शनिवारका दिन विहान ७ः३० बजेदेखी खुल्ला लियो मिनि म्याराथुन प्रतियोगिता हुने क्लबका संयोजक जयप्रकास केसीले आँबुखैरेनी पोष्टलाई जानकारी दिएको छ । उक्त प्रतियोगिता तनहूँको हालसम्मकै उच्च पुरस्कार राशी रहेको क्लबको दावी छ । म्याराथुन प्रतियोगिताको दौड १० किमिको हुने क्लबका सचिव राजु श्रेष्ठले जानकारी गराउनु भएको छ । क्लबका अर्का सदस्य सुमन श्रेष्ठका अनुसार प्रथम पुरस्कार रु ८००० दितीय रु ५००० र तृतीय रु ३००० का साथै सम्पूर्ण सहभागीलाई टिसर्ट र प्रमाणपत्रको व्यवस्था पनि गरेको छ । क्लबका अध्यक्ष अनिल श्रेष्ठका अनुसार इच्छुक सम्पूर्ण खेलाडीहरुले निःशुल्क सहभागी हुन पाउने छन् जसका लागि ९८४११६९१५९ र ०६५५४०३९१ नंबरमा सम्पर्क गरी नाम लेखाउन सक्नेछन् । उक्त कार्यक्रमको उद्घाटन गा.वि.स. सचिव र लियो डिस्टिक्ट काउन्सिल ३२५ वि१ नेपालका निर्वाचित अध्यक्ष लियो प्रेमकुमार श्रेष्ठले संयुक्त रुपमा गर्ने जानकारी गराएको छ ।