सहरोन्मुख जिल्लाको पालुङ्टार र आरुघाट गाविस क्षेत्रलाई नगरपालिका क्षेत्र घोषणाका लागि नगर क्षेत्र सुधार समितिले पुनः सिफारिस गर्ने भएको छ । यस अघि पठाइएको आँकडामा प्राविधिक कठिनाइ भएपछि माथिबाट पुनः प्रस्ताव माग भएको छ । यसअघि, गोरखा नगरपालिकाका नारेश्वर फिनामलाई गोरखा नगरपालिकामा जोड्ने, पालुङ्टार र आरुघाटका पानी ढलुवा क्षेत्रलाई नगरपालिका घोषणाका लागि सिफारिस गर्ने निर्माणगरि पठाइएकामा माथिल्लो निकायबाट पुनः माग भई आएअनुसार फेरि स्थानीय जनसमुदायसँग छलफल गरेर नगर क्षेत्र निर्धारण गर्न लागिएको छ ।
यसका लागि वैशाख ९ गते पालुङ्टार, १० गते गोरखा नगरपालिका र ११ गते आरुघाटमा छलफल कार्यक्रम गरिने छ ।
नगरपालिकाका लागि सिफारिस गर्दा कुनै पनि गाविसका वडा छुटाउन नपाइने भएको छ । पानी जता बग्छ त्यो क्षेत्र मात्रै नगरपालिका हुने भन्ने हुँदैन ।
एउटा गाविस समेटेपछि त्यसका नौवटै वडा समेट्नुपर्ने प्रावधान रहेको छलफलमा सहभागी गोवर्द्धन श्रेष्ठले जानकारी दिनुभयो। यसबारे गाउँ तहमै छलफल गरी टुङ्गोमा पुगिने उहाँको भनाइ छ ।