Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आगोको ज्वाला निस्केपछि गोरखकाली रबर उद्योग बन्द


नरहरि सापकोटा, चैत २३- टायर उत्पादनमा गुणस्तरहीन तेलको प्रयोगले गोरखकाली रवर उद्योगको उत्पादन ठप्प भएको छ। उद्योगको बोइलर हाउसमा पानी तताउन प्रयोग हुने फर्नेस तेलमा बालुवा, माटो, जुटका टु्क्रा मिसिएको तेल प्रयोग हुँदा मेसिनबाट आगोको ज्वाला निस्कन थालेपछि उत्पादन ठप्प भएको उद्योगले जनाएको हो।

‘मेसिनमा खरावी आयो, तेलमा मिसावट भएको भेटियो, चिम्नीबाट आगोको ज्वाला निस्कन थालेपनि बुधवारबाट उद्योग बन्द गर्न भनेको हुँ’ महाप्रवन्धक दिनेशकुमार बर्तौलाले भने, ‘तेलमा भएको मिसावट छानविन गर्न समिति गठन गरेका छौँ।’ फर्नेस तेल पानी ततायर टायर क्यूरीङ गर्नमा प्रयोग गरिन्छ। तेल उद्योगले साल्ट टे्रेडिङबाट ल्याउने गरेको महाप्रबन्ध बर्तौलाले बताए। निजी कम्पनी र साल्ट ट्रेडिङको तेलमा मिसावट भेटिएकाले आयल निगमले फर्नेस तेलको ढुवानी गर्‍यो भने निगम सँगै सम्झौता गर्ने तयारी गरिरहेको बर्तौलाले बताए।
अहिले उद्योगसँग रहेको मिसावटयुक्त तेल केही महिना अघि उद्योगको प्राविधिक चेकजाँचले गुणस्तर युक्त भन्दै खरिद गरेको थियो। तीन साता यता उद्योगले मिसावट भएको तेल प्रयोग गर्न थालेपछि मेसिनमा खरावी आएको कर्मचारीहरुले बताएका छन्। स्थानीयले गुणस्तरहीन तेल प्रयोग गरेको भन्दै उद्योगको निर्यात ठप्प बनाएका थिए। स्थानीय रवर उद्योग बचाउ संघर्ष समितिका संयोजक जितबहादुर भट्टले भने ‘छानविन गर्न समिति गठन भएपछि हामीले बिहीवारबाट उत्पादन टायर निर्यात हुन दिएका छौँ।’ उद्योगका कर्मचारी डाक्टर राजाराम श्रेष्ठको संयोजकत्वमा प्राविधीक र लेखा शाखाका कर्मचारी रहने गरि छानविन समिति गठन भएको छ। मिसावट युक्त तेलको टुङ्गो नलाग्दा र थप तेल आयात नहुँदा सम्म उद्योग ठप्प रहने उद्योगले जनाएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 5, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

April 2013
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930  
%d bloggers like this: