Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

भव्य कार्यक्रम बीच आँबुखैरेनीका समाजसेवी सम्मानित


आँबखैरेनी, २६ फागुन
आँबुखैरेनी पोष्ट पाक्षिकले आँबुखैरेनीका समाजसेवीलाई सम्मानित गरेको छ । आँबुखैरेनी पोष्टको आग्रहमा विदेशमा रहेका स्थानीय युवाहरु र नेपालस्विसडटकम स्विट्जरल्याण्डले सम्मान कार्यक्रमको लागि सहयोग रकम पठाएका थिए । स्थानीय स्तरमा रही विद्यालय, खानेपानी, वन, वातावरण लगायतका संस्थामाा रहेर योगदान गरेकाले आँबुखैरेनी ६ का रत्नबहादुर कुवँर, मुक्तिबहादुर के. सी र डोलबहादुर थापालाई पत्रिकाले सम्मान गरेको हो । यस्तै स्वर्गीय क्षेत्रबहादुर कँडेललाई मरणोपरान्त सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्रालयका पुर्व सहसचिव तथा गाउँ सेवा कोष तनहुँका संस्थापक भीमबहादुर अधिकारी थिए ।ddd
सम्मान कार्यक्रममा बोल्दै भीमबहादुर अधिकारीले समाजसेवामा लागिरहन सबैलाई आग्रह गरे । वहाँले सम्मानित हुनेहरुलाई सधैं निस्वार्थ समाजसेवा लाग्न पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका आँबुखैरेनीका अध्यक्ष गीरबहादुर थापा, एनेकपा माओवादीका इन्दमान परियार, नेकपा–माओवादीका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले शुभकामना वक्तव्य दिएका थिए । यसैगरी गाविस सचिव बुद्धिप्रसाद भुषाल, उद्योग वाणिज्य संघ आँबुखैरेनी इकाइका अध्यक्ष सुनिल मल्ल, पूर्व अध्यक्ष ऋषी के.सी, स्थानीय व्यापारी हरिभक्त श्रेष्ठ, मसर््याङदी बालज्योति विद्यालयका प्रिन्सिपल भगवानदास मल्ल, सनसाइन विद्यालयका प्रिन्सिपल त्रिपुरेश्वरराज त्रिपाठीले मन्तव्य राखेका थिए । त्रिपाठीले आँबुखैरेनी पोष्टलाई निरन्तर प्रकाशित गर्न मासिक १ हजार ५ सय रुपैयाँका दरले बार्षिक १८ हजार दिने घोषणा गरेका थिए । यस्तै कार्यक्रममा लियो क्लब अफ आँबुखैरेनीका अध्यक्ष लियो अनिल श्रेष्ठ, एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठ, आँबुखैरेनी खानेपानीका अध्यक्ष नस्तुराम कँडेलले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा छनौट समितिका सदस्य श्री वंशीराम प्रधानले सम्मानित हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गर्नुभयो । कार्यक्रममा आज सम्मानित हुनुभएका कुवर, केसी र थापाको छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 9, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

March 2013
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
%d bloggers like this: