Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पहिले दुलही पछि दुलाहा


भगवान खनाल
देउराली
एउटै मानिसको जीवनमा दुलही र दुलाहा बनेर विवाह भएको संसारमा एकाध घटना मात्र होलान् । छिमेकी देश भारतका एक मानिसको जीवनमा भने दुलही र दुलाहा दुवै बनेर विवाह गरी घरजम गरेको अनुभव छ ।
मोतिहारी जिल्ला सिमरैया जिटकहियाका लक्ष्मण साहले किशोरावस्थामा केटी भएर र वयस्कावस्थामा केटा भएर विवाह गरेका हुन् । १६ वर्षको उमेरसम्म केटी ठम्याइँएकी लक्ष्मी साहले नेपालको सर्लाही जिल्लाको गढबजारका अक्षेलाल साहसँग परम्परागत मागी विवाह गरेकी थिइन् । लक्ष्मीले केटी भएकाले नाक, कान छेड्ने, गरगहना लगाउने, टीका गाजल गर्ने र महिलाकै वस्त्र लगाइन् । विवाहपछि यौन सम्पर्क हुन सकेन ।

लक्ष्मण र उनका भाइ छेटु गोरखाको देउराली–७ सिम्लेफाँटबाट कवाडी संकलन गर्दै । भगवान ।

लक्ष्मण र उनका भाइ छेटु गोरखाको देउराली–७ सिम्लेफाँटबाट कवाडी संकलन गर्दै । भगवान ।

त्यसपछि श्रीमान् अक्षेलालले बुबा आमालाई केटी सानी रहेकी, नराम्री, बच्चा जस्ती र भुलचुकले विवाह भएको बताए । अक्षेलाल विवाह गरी घर छोडेर कामका लागि बाहिर गए । त्यसपछि लक्ष्मी नन्द राजकुमारीसँग सुतिन् । नन्दको विवाह भएपछि लक्ष्मी एक्लि भइन् । श्रीमान् घरमा नभएपनि लक्ष्मीले विवाहको दुई वर्षसम्म घरजम गरेर खाइन् । उमेर बढ्दै गयो । औषधोपचार भएन् । नन्दको विवाह पछि उनी माइती फर्किइन् । “माइतीमा गएपछि तल्लो भुडी दुख्यो, पिसाब रोकियो” लक्ष्मणले भनें, “त्यसपछि उपचार गराउन पटना गयौं ।” अस्पतालमा लगेपछि लक्ष्मीले गुप्ताङको बारेमा जानकारी दिइन् । महिलाको वस्त्रमा अस्पताल पुगेकी लक्ष्मीको गुप्ताङ हेरेपछि चिकित्सकले पुरुष जनेन्द्रिय भएको ठहर गरे । उनी पहिले पनि केटी नभएको तर परिवारले समयमा उपचार नगरेको कारण मात्र लक्ष्मण जीवनमा अनौठो हुन पुगेको उनका भाइ छेटुले बताए ।

चिकित्सकले उनका बुबा आमालाई हकारेको लक्ष्मणले आफ्नो अतित सम्झदै भनें, “बुबा आमा अशिक्षित र गरीब हुनुहुन्थ्यो, त्यसैले म लक्का जवान हुदासम्म स्त्री बनाइएँ । उमेर बढेपनि मैले पनि यस्तै होला भन्ने सोचें । कुनै केटीसँग कुरा गरिन् । मेरो जनेन्द्रिय महिलाको जस्तै आकारको तर भित्र सानो आकारको लिङ(टुसो) जस्तो भएको थियो । तर मासिकश्राव भने हुदैन्थ्यो ।” “उपचार गर्न जादा महिलाको बस्त्रमा थिए, अप्रेसन गर्न छिर्दा नै चिकित्सकले पुरुषको वस्त्र लगाइदिइसकेका थिए,” लक्ष्मणले भनें, “लिङको अप्रेसन गरेपछि भुँडी दुखेन । र, अहिलेपनि दुख्दैन ।” उनको सन् १९७६ मा अप्रेसन भएको थियो ।
केटा बनेका उनको विवाह करिब २० वर्षको उमेरमा भयो । मोतिहारीकै सुनितासँग उनको विवाह भयो । लक्ष्मण–सुनिताका चार छोरी र एक छोरा छन् । “जेठी छोरीको विवाह गर्ने बेला समेत भइसक्यो,” ५० वर्षिय लक्ष्मणले भनें ।
लक्ष्मणका भाइ छेटु साहले भनें, पहिला दिदी भन्थे, “त्यही अुनसार विवाह भयो । अहिले दाजु भन्छु । नसिबमा लेखेको कुरा, दाइको जीवनमा अनौठो भयो । अहिले उनको अवस्था सामान्य रहेको छ ।” पहिला विवाह गरेका अक्षेलालसँग पनि भेट हुने लक्ष्मण बताउँछन् । “गाउँघर सबैतिर मेरो बारेमा थाहा छ,” लक्ष्मणले भने, “भगवानको लिला मेरो जीवनमा यस्तै भयो ।”
लक्ष्मण र छेटु दाजुभाइ कवाडी संकलनको काम गर्छन् । उनीहरु तनहुँको आँबुखैरेनीको मिलनचोकमा एउटै डेरामा बस्छन् । महिनामा पाँच सातहजार कमाइ हुन्छ, लक्ष्मणले भनें ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 11, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

February 2013
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728  
%d bloggers like this: