Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

ऐना पहरामा ट्रक दुर्घटना दुईको मृत्यु, सेना र प्रहरी द्धारा उद्धार (फोटो फिचर )


पृथ्वीराजमार्गको कोत्रे मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाविसको वडा ७ स्थित ऐना पहरामा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

20130125-101942.jpg

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मुग्लिङ बाट आँबुखैरेनी तर्फ आउदै गरेको ना ४ ख ९०४७ नम्बरको ट्रक आज विहान पौने ७ बजे दुर्घटना हुँदा ट्रक चालक बारा निजगढ निवासी सुदिप गौतम र अन्य एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुवै जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।कस्मेटिक सम्बन्धि सामान लिएर आएको ट्रक सडक देखि दुई सय मिटर तल मरस्याङदी नदीमा खसेको छ । घटनाको जानकारी पाए लगत्तै स्थानीय कालिभञ्जन गण नम्बर २ फिल्ड गुल्मका मेजर प्रकाश खड्का र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले सयुक्त रुपमा उद्धार गरेको थियो । दुर्घटना खास कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 25, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: