Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

माओवादीले ‘स्वतन्त्र’मा अडान छोड्यो ः दाहाल


भगवान खनाल
गोरखा, ८ माघ
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले प्रधानमन्त्रीमा व्यक्तिको अडान छोडेको बताएका छन् । माओवादीले सहमतिय सरकार र संकटको समाधानको लागि प्रधानमन्त्रीमा को व्यक्ति हुने भन्ने रटानलाई छोडेको बताएका हुन् । “माओवादीले स्वतन्त्र व्यक्तिबाट को प्रधानमन्त्री हुने भन्ने अडानलाई त्यागेको हो,” दाहालले भनें, “काँग्रेसले बनाउने स्वतन्त्र उमदेवारलाई पनि माओवादीले समर्थन गर्छ ।” prachanda
दाहाले प्रमुख पाटीका प्रमुख नेताको नेतृत्वमा सहमतिय सरकारको संभावना कम रहेको भन्दै स्वतन्त्रमा पनि अझै लचिलो भई काँग्रेस र एमालेले जसका नाममा सहमति गर्छन् उसलाई माओवादीले स्वीकार्ने जनाउ दिए । उनले घुमाउरो पारामा वर्तमान सरकार नै अन्तरिम संविधान अनुसार वैधानिक सरकार भएकोले यसलाई अमान्य भए माओवादी भित्रबाट आफू पनि प्रधानमन्त्री हुन तयार रहेको संकेत गरे । “बाबुरामजीको सरकार अन्तरिम संविधान अनुसार वैधानिक छ, वहाँ नभएपछि म स्वतः नै प्रधानमन्त्रीको उमेद्वार हुँ,” उनले थप स्पष्ट पार्दैै भने ।
एमाओवादी गोरखाको चौथो जिल्ला सम्मेलनको सोमबार उद्घाटन गर्न आएका प्रचण्डले क्रान्तिकारी पत्रकार संघ गोरखाद्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । सो अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी नेता लिलामणी पाख्रेललगायतको उपस्थिति थियो ।
यस अघि सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले माओवादी दिएका विकल्पमा गम्भीर भएर सोच्न प्रतिपक्षी काँग्रेस र एमालेलाई आग्रह गरे । प्रतिपक्षीले प्रचण्डले कुरा फेरिरहन्छ भन्ने गरेपनि स्वीकार्य नै रहेको संकेत दिदै उनले भनें, “अहिलेसम्म दिएका विकल्प बाहेक पनि पुन माओवादी अर्को विकल्प दिन तयार रहेको र त्यसमा सहमति गर्न तयार छ ।”
माओवादी हदैसम्म लचिलो भएर सहमतिय सरकार गठन गरी मध्य जेठसम्ममा निर्वाचन हुन तयार रहेको बताए । प्रतिपक्ष दलहरुसँग दुईचार दिन यता संवाद नभएपनि केही दिनमै निकास निस्कने पनि उनले बताए । सो अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ विकल्प खोजेर भएपनि छिटो भन्दा छिटो चुनावमा जान सरकार तयार रहेको बताए । प्रधामन्त्री भट्टराईले गतिरोध सधैं लम्बाएर राख्न नहुने भन्दै नयाँ सुत्र निकालेर छिटै सहमति गरिने बताए । यसैगरी उपप्रधानमन्त्री तथा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दुई चार दिनमा सहमति हुने बताए । काँग्रेस र एमालेको हठको कारण सहमति ननिस्केको उनले आरोप लगाए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 21, 2013 by in national news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: