Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रचण्ड नै अध्यक्षको सर्वसम्मत उमेद्वार


गोरखा(कास), ८ माघ
एमाओवादीको आसन्न महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्षको सर्वसम्मत उमेदवार हुने भएका छन् । सोमबार गोरखा आइपुगेको एमाओवादीको केन्द्रिय पाटी पंक्तिले प्रचण्ड नै अध्यक्षको एक मात्र सर्वसम्मत उमेद्वार हुने बताएको हो ।
क्रान्तिकारी पत्रकार संघ गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै प्रचण्डनै एकमात्र सर्वसम्मत उमेद्वार रहेको बताएका हुन् । पाटी भित्रका अन्य सदस्यहरुको पनि अध्यक्षको दावेदार त हुनसक्नुहुन्छ तर अध्यक्ष नै अध्यक्षको सर्वसम्मत उमेद्वार हनुहुन्छ, उपाध्यक्ष भट्टराईले भनें । एमाओवादीले पाटीलाई थप एकताबद्ध र सुदृढ गर्न कार्यदिशा निर्माण गरेको बताएको छ । एकताको सातौं महाधिवेशन नाम दिइएको अधिवेशन माघ २० गतेदेखि २५ गतेसम्म हेटौंडामा हुदैछ ।
यसैबीच सम्मेलनमा बोल्दै प्रचण्ड र भट्टराईले कार्यकर्तालाई प्रचण्ड–बाबुरामको संज्ञा दिएर नबढ्न पनि आग्रह गरेका छन् । म प्रचण्डको फेरो(छेउ) समातेको छु, म बाबुरामको फेरो(छेउ) समातेको छु भनेर अघि नबढ्न भन्दै प्रचण्डले सबै नेता पाटीका र सबै कार्यकर्ता पाटीको रहेको बताए । यस अघि भट्टराईले कार्यकर्तालाई प्रचण्ड– बाबुराम एउटाको दूत भन्ने कुनै पनि भ्रममा नपर्न आग्रह गरे । पाटी हेडक्वार्टर सातौं महाधिवेशनमा अध्यक्षको वरिपरी गोलबन्द भएर आउने भट्टराईको कथन थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 21, 2013 by in national news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: