Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गल्फ एयरले नेपाल उडान बन्द गर्दै


खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ ।

नेपाल उडानमा घाटा भएपछि एयरलाइन्सले आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो ।Gulf-Air हाल सातामा १४ उडान गरिरहेको गल्फ एयरले यही शुक्रबारदेखि सातामा पाँचवटा मात्र उडान गर्दै छ । गल्फ एयरको उडान बन्द भएपछि बहराइन-काठमाण्डौ आवतजावत गर्ने नेपाली मजदुरहरुलाई असर गर्ने भएको छ ।

एयरलाइन्सले आफ्नो वेबसाइटमा एक सूचना राख्दै नेपालका लागि अन्तिम उडान मार्च २४ मा हुने बताएको छ । गल्फ एयरले नेपालसहित बंगलादेश र श्रीलंकाको उडान पनि बन्द गर्दै छ । एक महिना पहिले मात्र उसले डेनमार्कको कोपनहेगन र इटलीको रोममा आफ्ना उडान बन्द गर्ने घोषणा गरेको थियो ।

गल्फ एयरको नेपालस्थित जनरल सेल्स एजेण्ट प्रेसिडेण्ट ट्राभलले भने त्रिभुवन बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ र पार्किङ चार्ज महंगो भएकाले उडान बन्द गर्नुपरेको जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 9, 2013 by in national news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: