Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी र देउराली गाविसको गाउँ परिषद् सम्पन्न


तनहुँको आँबुखैरेनी गाविस र गोरखाको देउराली गाविसको गाउँ परिषद् सम्पन्न भएको छ । आँबुखैरेनी गाविसका अध्यक्ष तथा गाविस सचिव बुद्धिप्रसाद भुषालले आर्थिक वर्ष ०७०÷०७१ को अनुमानित बजेट पेश गरेका थिए । जस अनुसार आय व्यय दुवै तर्फ १ करोड ६२ लाख ६५ हजार ४ सय रुपैयाँ विवरण सार्वजनिक गरेका थिए । परिषद्ले सो आवमा ग्रामीण विद्युतिकरणमा १५ लाख, ग्रामीण सडकमा १२ लाख, खानेपानीमा ५ लाख, शिक्षामा ३ लाख रुपैयाँ विनियोजन गरेको छ । vdc
यसैगरी स्वास्थ्यमा ४ लाख, भवनमा २ लाख ५० हजार, पैदल मार्गमा १ लाख ५० हजार, तटबन्धनमा २ लाख ५० हजार, र कृषि लगायत विविध कार्यक्रममा १६ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी आदिबासी, जनजाती, अपाङ, दलित पिछडावर्ग, युवा, जेष्ठ नागरिकका ३ लाख ७९ हजार, महिला वर्ग उत्थान कार्यक्रममा २ लाख ५३ हजार, बालबालिका कार्यक्रममा २ लाख ५३ हजार र कृषि कार्यक्रममा ३ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको छ । परिषद्ले आवमा ०६८÷६९ को यथार्थ आय व्यय र ०६९÷०७० को संसोधित अनुमानको आय व्यय सार्वजनिक गरियो ।
रोयल्टी रकम समेत नीतिगत रुपमा जिविसबाट दिइने निर्णय भएकोले आँबुखैरेनीको बजेट बढेको हो । यस्तै स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार विभिन्न कर असुली गर्ने नीति बनाएको छ । vddc secretary
सातौं गाउँ परिषद्का प्रमुख अतिथी जिविस तनहुँका निमित्त स्थानिय विकास अधिकारी सरोज तिमिल्सिनाले परिषद्को बजेट विनियोजन र आय श्रोत बढाउने उपायहरु नगरपालिका र जिविसले पनि अनुकरण गर्नुपर्ने बताए । उद्योग वाणिज्य संघ आँबुखैरेनीको सभाहलमा भएको कार्यक्रममा प्रेमबहादुर गुरुङ, शालिग्राम अधिकारी, उपेन्द्र देवकोटा, भीष्मकान्त गौली, वीरबहादुर विक, ऋषी केसी, ऋषी केसी, मीना अधिकारी, कृष्णकुमार श्रेष्ठ, केशरबहादुर केसी लगायतले शुभकामना मन्तव्य दिएका थिए । सचिव भुषालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण ज्ञानेन्द्र श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 8, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: