नेपाल सरकारका विज्ञान तथा प्रविधि मन्त्री डा. केशवमान शाक्यले सरकारले ल्याएको दुई तृतीयांश बजेटको लागि राष्ट्रपतिसँग नेगोसियशन भएको बताएका छन् । शुक्रबार आँबुखैरेनीका नेवार समुदायसँगको भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाक्यले सरकारले बजेट ल्याउँदा राष्ट्रपतिसँग नेगोसियशन भएको खुलासा गरेका हुन् । उनले बजेट ल्याएर देशको समस्या हल भएको पनि दाबी गरे । सहमतिको सरकारको लागि वर्तमान सरकार तयार रहेको पनि उनको तर्क थियो । उनले मैदान खाली गराएरचाहिँ सरकार नहट्ने पनि प्रकाश पारे ।