आँबुखैरेनीको मनकामना माइ बहुउदेश्यीय सहकारी संस्थाको छैठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइको हलमा भएको कार्यक्रममा सहकारीको बार्षिक प्रगति प्रतिवेदन पेश गरिएको थियो । ०६३ सालमा आँबुखैरेनीका व्यापारी र विभिन्न व्यवसायीहरुद्धारा स्थापना भएको सहकारीमा हाल १ हजार १ सय २ जना सदस्य रहेकोमा महिला ५ सय ११ र पुरुष सदस्य संख्या ५ सय ९१ रहेको छ ।
सहकारीका अध्यक्ष विपिन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उनले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सहकारीले आर्थिक वर्ष ०६८÷०६९ मा ३५ दशमलब ७३ प्रतिशत मुनाफा आर्जन गरेको बताए । सहकारीले सोही आवको असार मसान्तसम्मको चुक्ता पूजिँ ५२ लाख ६० हजार २ सय रुपैयाँ रहेको छ । यस्तै सहकारीले सोही अवधिसम्म ५ करोड ५९ लाख २८ हजार १ सय ९ रुपैयाँ निक्षेप संकलन र ४ करोड ८५ लाख ३७ हजार २ सय ७४ रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी सहकारीले खुद मनाफाको २५ प्रतिशत रकम साधारण जगेडा कोषमा राख्नुपर्ने प्रावधान अनुसार आव ०६८÷०६९ सम्म १७ लाख ६६ हजार १ सय ९९ रुपैयाँ कोषमा राखेको, सहकारी शिक्षा कोषमा ४ लाख ९९ हजार २ सय १८ रुपैयाँ, सहकारी विकास कोषमा ५ लाख ३२ हजार ७ सय २१ रुपैयाँ राखेको जनाएको छ । यस्तै घाटा पूर्ति कोषमा १८ लाख ३५ हजार ९ सय ११ रुपैयाँ, ऋण नोक्सानी कोषमा ६ लाख ६५ हजार २ सय ७८ रुपैयाँ राखेको जनाएको छ ।
यस्तै साधारण सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । रामशाह उमाविमा कक्षा ८ मा पढ्ने मिना प्रजा र विशाल कुलु र मित्रता उमाविमा कक्षा १० मा अध्ययनरत टिकामाया प्रजा र कक्षा १०मा अध्ययनरत राजकुमार भुजेललाई सम्मान गरेको हो । यसैगरी यस वर्षको उत्कृष्ट बचत कर्ताहरुमा लक्ष्मण श्रेष्ठ, राजेश श्रेष्ठ, कमला श्रेष्ठ, विना थापा, शान्ति घले, दुर्गाप्रसाद पन्त, देउबहादुर दर्लामी र कुमार गुरुङलाई सम्मान गरेको छ । यस्तै सहकारी सदस्यहरुका छोराछोरीबाट एसएलसी परीक्षामा सबैभन्दा बढी अंक ल्याउने ओसन श्रेष्ठ र सुनिता श्रेष्ठलाई पनि प्रोत्साहन गरेको छ । आजको कार्यक्रममा उवासं आँबुखैरेनी इकाइलाई सम्मान स्वरुप प्रमाणपत्र र मायाको चिनो उपहार दिइएको थियो ।
जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष पुरुषोत्तम काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी केसी, माइ मनकामना बचत तथा ऋण सहकारी मनकामना गोरखाका अध्यक्ष होमकुमार जोशी, राष्ट्रिय वाणिज्य बैंक आँबुखैरेनी शाखाका प्रबन्धक ठाकुर रानाभाट, मनासलु विकास बैंकको डुम्रे शाखाका प्रवन्धक विष्णु रानाभाट लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमव्मा स्वागत मन्तय सहकारीका उपाध्यक्ष भगवानदास मल्लले, कार्यक्रम संचालन सचिव उपेन्द्र देवकोटाले धन्यवाद मन्तव्य डा. राजाराम श्रेष्ठले दिएका थिए ।