बन्दिपुर
सोमबार ४ मंसिर
तनहुँ आँबुखैरेनी ६ का कवि अनिल श्रेष्ठ सम्मानित हुनुभएको छ । चितवनस्थित कस्मेटिक सामानहरु बिक्री वितरण गर्ने कम्पनी एरोमा एसेन्स प्रा लिले बन्दिपुरमा सोमबार कवि श्रेष्ठलाई सम्मान गरेको हो । वनभोज र स्रष्टा सम्मान कार्यक्रमको आयोजनासहित गरिएको कार्यक्रममा कवि श्रेष्ठलाई दोसल्ला र खादा ओढाएर सम्मान गरिएको हो । सम्मानसँगै प्रमाणपत्र र मायाको चिनो पनि प्रदान गरियो । एरोमा एसेन्सका प्रबन्ध निर्देशक कृष्ण विकले श्रेष्ठका कविताबाट आफू प्रभावित भएको र बन्दिपुरमा बनभोजमा वहाँलाई सम्मान गर्न पाएको खुशी व्यक्त गरे । सो अवसरमा पत्रकार तथा आँबुखैरेनी क्याम्पसका सहायक प्राध्यापक भगवान खनालले आज सम्मानित हुनुभएका कवि श्रेष्ठको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
कार्यक्रम चितवन व्युटीपार्लर यूनिटीकी पूर्वअध्यक्ष गौरी खड्काको सभापतित्वमा र चित्र गुरुङको संचालनमा भएको थियो । सो अवसरमा कवि नारायण पोख्रेल र विनोद कोइरालाले रचना पाठ गरेका थिए । सम्मानित हुनुभएका कवि श्रेष्ठलाई आँबुखैरेनी पोष्टको पनि धेरै धेरै बधाई