-भोला थापा क्षेत्री
दोहा कतार-गाउँघरमा तिहार छाईसकेको छ, साथी संगीनीहरु भईलो खेल्न घर आगनमा फलाक्दै भईलोमा रमाईरहेका छन । तर खै परदेशीलाई न तिहार न दशै चार्डपर्व एउटा कथा बनेको छ, यो मुग्लानमा साहुको मेलामा विहानदेखि वेलुकासम्म विभिन्न काममा कार्यरत नेपालीहरुको दुःखको व्यथा दाज्नेहो भने कोहि भन्दा कोहि कमि छैनन् । सबैको व्यथा एउटै छन् । दोहाको माहोलमा हेर्नेहो भने करिव ४ लाखभन्दा वढि नेपालीहरुको जनसंख्या भएको जानकारी पाईन्छ जहा“ जाउ नेपालीहरुको हुल मात्र देख्न पाईन्छ यसै ठा“उमा हाल करिब २५ देखी ३० हजार नेपाली महिलाहरु पनि दोहामा कार्यरत छन् भन्ने सुन्नमा आएको छ र, कतारमा विगत ६र७ महिना पहिला महिला सामाजिक समाज पनि स्थापना भएको छ ।
नेपाल सरकारले खाडी मुलुकमा महिलाहरुलाई घरेलु काममा तथा अन्य कामहरुमा रोजगारीको लागि प्रतिबन्ध लगाए पनि खाडी राष्ट्र कतारमा भने महिलाहरु रोजगारीमा आउने क्रम दिनहु दिन जारी नै छ । यो अवस्थामा परदेशमा आउने नारीहरुले दिनभरिको साहुको मेलोलाई पुरा गरि परिवारको सुःख जिन्दगी होस् भन्ने चाहान गर्दै दिनभरिको थकाई संगै एउटा सुक्खा खबुस खाएर पनि २ पैसा बचाउने जर्मको गरेका छन् ।
तर हाम्रो समाजमा नारीलाई अर्कै दृष्टिले हेरको पाईन्छ अनेकौ हुदा नहुदा वाईयात कुराहरुबाट ति नारीको जिन्दगीमा गहिरो चोट पार्ने एउटा बाटो खडा गरिएको पाईन्छ । तिनै कुराबाट कति नारीहरु विचलीत परेका छन् भने कतिको सम्बन्ध छुटेको पनि समाचारहरुले छापिरहेको यहाँहरुलाई अवगत नै छ ।
तर हामीले त्यो मात्र सम्झने होईन अहिल्य आउदै गरको तिहार जुन हाम्रो रितीरिवाजमा दिदीवैनीको हातबाट टिका लगाई आर्शिवाद लिने चलन छ, ति नेपाली दाजुभाईको कतिको निधार खाली भएको छ भने कति परदेशमा भएका दिदीवैनीहरु संग टिका आर्शिवाद लिने गरेका छन् । यसै र्सर्न्दभमा दोहाको माहोलमा सन्ध्या ग्रुप अल्खोर कतारका अध्याक्ष थर्चलामाको सहयोगमा घुम्दै गर्दा केही प्रवासीएका नारीहरुलाई भेट्ने अबसर पाएको थिए । अनि यसरी मैले उहाहरुसंग दोहाको माहोलमा हिन्दुहरुको महान चाड तिहार कसरी मनाउदै छन् त भन्ने विषयमा केही छोटो कुराकानी गर्ने अबसर पनि पाए । यी प्रवासी नेपाली नारीहरु के भन्नु हुन्छ र कसरी मनाउदै हुनुहुन्छ त तिहार जस्ताको तस्तै ।
रेखा राई-अध्यक्ष महिला समाज दोहा कतार
आफ्नो परिवार सगँ तिहार नमनाएको पनि लगभग ४,५ र्बषा भयो मेरो २ जना दाजु हुनुहुन्छ उहाँहरुलाईभाईटिकको दिन फोन बाट आर्शिषवाद दिने छु केहि बिशेष सगुन पनि दाजुभाईलाई पर्ठाईसकेको छु ।
अर्का कुरा हालको म दोहा कतारको पहिलो महिला समाजको अध्यक्ष पनि भएको नातले समस्त प्रवासी नेपाली महिलाहरुलाई एक जुट गरि यो परदेशमा भए पनि यहाँको कानुन अनुसार सबै दिदीवैनीलाई नेपाली राजदुतवासमा गई आप\mनै नेपाली सस्कृति भेष भुषा सजिएर रमाईलोको साथ देउसी भैलो खेल्न पनि आग्रह गर्दै सबै काम को योजना तयार पनि गरेको छु ।
अन्त्यमा म अध्यक्षको हैस्यताले दोहा बासी दिदी बहिनीहरु लगायत आम नेपाली जनमा शुभ दिपावली २०६९को पवान अवसरमा सुख,शान्ति समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
लक्ष्मी गिरी -पोखरा
कतार बसेको पनि लगभग ३, ४ वर्ष पुग्न लाग्यो सधै यसरी नै चार्डपर्व आउदा नरमाईलो लाग्छ केहि वर्षत भाई कतारमा नै थियो उसलाई यहा“ नै टिका लगाई दिन्थे तर, अहिल्य आफ्नो भाई नभए पनि आफन्त दाजुभाईलाई दोहाको रमणीय ठा“उ कर्नेसमा बोलाएर टिका नलगाए पनि मिठो परिकारको खाना खुवाएर यो तिहार दाजुभाईहरुस“ग मिठामिठा कुरा गर्दै विताउने सोचमा छु ।
टुकु तामाङ -इलाम
करिव २ वर्षभयो कतारको मरुभुमीमा पाईला टेकेको चाडवाड आउदा साह्रै नरमाईलो लाग्छ के गर्नु परदेशमा र्सवप्रथम हामी कामले आएकोले यहा“ कामलाई नै निरन्तरत दिनु पर्ने आवश्यकता देख्छु फेरी पनि समय मिलेसम्म कतारमा आफ्नो साखै दाजुभाई नभए पनि छिमेकी दाजुभाईस“ग भेटी दुःख सुःख वाड्दै मनाउने छु भने नेपालमा टिकाको दिन आफ्नो भाईलाई फोन गरि आर्शिबाद दिने छु ।
अन्जु सुनुवार
कस्तो कस्तो लागेको छ यत्रो उमेर भयो परदेशमा चार्डपर्व मनाएको थिईन हाल म परदेशमा अहिले पहिलो चोटी तिहार मनाउदै छु । यहा“ समय र आफ्नो डिउटीको समयलाई मध्य नजर गर्दै साथीभाईको भनाई अनुसार आगामी विहीवार देउसी भैलो खेल्ने रमाईलो गर्दै मनाउने छु भने नेपालमा भएका आफ्ना दाजुभाईलाई फोन मार्फ शुभकामना दिने छु ।
सरु तामाङ -काभ्रे
निरास छु । प्रवासमा छु, दाजुभाईलाई धेरै मिस गरेको छु मेरा ४ दाजुभाईलाई मेरो हातबाट टिका नलगाई दिएको पनि ६ वर्षभएछ । म विगत २००७ मा कतार प्रवेश गरेर ५ बटा तिहार मनाए । पहिलाकोमा आफ्नै क्यापमा मनायौ अनी ३ वटा चाही नेपाली दाजुभाईलाई बोलाई दोहाको रमणीय ठाउ कर्नेसमा मनाएका थियौ हाल अहिले चाही समय मिले दिदीवैनीहरुस“ग घुम्ने अनि टिकाको दिनको आफ्नो दाजुभाईलाई फोन मार्फ शुभकामना दिदै मनाउने सोचमा छु ।
गंगा गुरुङ -चितवन
तिहार नमनाएको पनि ठ्याक्कै ४ वर्षभयो अहिले पनि नेपालमा गएर मनाउन पाईना धेरै दुःखी छु । तर एक मन खुसी पनि छु आफ्नै दाजुभाई नभए पनि गाउले दाजुभाईहरु कतारमा भएकाले उहा“हरुलाई भेटी र्सार्वजानिक विदा शुक्रवारका दिन दोहाको कर्नेशमा रमाईलो गर्ने योजना बनाएकी छु ।
अनिता गुरुङ ,लम्जुङ
तिहार अहिल्य परदेशमा पहिलो पल्ट हो किना कि यहा“ भन्दा पहिला सधै आफ्नो परिवारमा र दाजुभाईस“ग मनाउने गरेको थिए“ । मेरो परिवारमा ७ जना दाजुभाई हुनुहुन्छ , केही दाजुभाई कतारमा पनि भएकोले विहीवारको दिन छुट्टी नभएकोले शुक्रवारका दिन आफ्ना दाजुभाई, गाउका दाजुभाईलाई दोहाको रमणीय कुनै पार्कमा वोलाएर नेपालमा जस्तै गरि मनाउने योजना बनाएकी छु ।
मेका माया तामाङ -धादिङ
म कतार आएको २ वर्षभयो नेपालमा छदा निकै रमाईलो गरिन्थो दाजुभाईहरु नेपालमा आफु परदेशमा हुदा निकै नरमाईलो लागेको छ । तर पनि गाउले दाजुभाईहरु कतारमा प्रसस्त भएकाले उहाहरुलाई सेल रोटी आफ्नै हातबाट बनाएर उहाहरुलाई खुवाउने छु र पहिला म लेवनान थिए त्यहा भन्दा अहिले कतारमा रमाईलो होला र रमाईलो गरि मनाउने आशा पनि राखेकी छु ।
प्रश्तुती : भोला थापा क्षेत्री /