Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

राष्ट्रपतिको बारेमा टिप्पणी गर्न चाहन्न ः प्रधानमन्त्री


भगवान खनाल
गोरखा, २२ कार्तिक
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिको बारेमा टिप्पणी गर्न नचाहेको बताएका छन् । गोरखामा आज पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भट्टराईले राष्ट्रपतिबारे अप्रिय टिप्पणी गर्न नचाहेको बताएका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्री बीच सहमति गरेर देशलाई वैधानिक स्वरुप दिन सकिने पनि बताए । “वर्तमान अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीमात्र वैधानिक भएकोले दुवै मिलेर देशलाई निकास दिनुपर्छ,” भट्टराईले भनें । बजेट ल्याउन राष्ट्रपतिले रोके कोही पनि नरहने भन्ने प्रश्न आइरहेको छ भन्ने पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री भनें, “त्यस्तो शुन्य अवस्था आउँदैन ।” प्रधानमन्त्रीले कमसेकम बजेट ल्याउन दिनुस् भन्दै राजनीतिक सहमतिबाटै अध्यादेशमार्फत बजेट पेश गरौं भन्ने धारणा राखे । उनले कार्तिक मसान्तमा बजेट आउने पनि बताए ।
प्रधानमन्त्रीले सहमतिबाटै संविधान सभाको नयाँ निर्वाचन जाने वा संविधान सभा पुर्नस्थापना गरेर जाने भन्नेमा सरकार र आफ्नो पार्टी तयार रहेको बताए । राष्ट्रिय सहमतिको सरकारको ढोका खुल्ला रहेको भन्दै उनले को प्रधानमन्त्री र म प्रधानमन्त्री भन्ने प्रश्न नरहेको बताए । उनले काँग्रेस एमाले लगायतका पार्टीलाई मेरो अनुहार मन नपरे प्रधानमन्त्री उमेद्बार देखाउनुस् भन्दा उल्टै माओवादी को हो र प्रमको उमेद्बार माग्दामा दिने भन्न थालेको बताए । कसले आकाशबाट ल्लाएर प्रम बनाउँछ ? उनले प्रतिप्रश्न समेत गरे । अहिले दलहरुबीच मोटामोटी रुपमा अनौपचारिक रुपमा संविधान सभाको नयाँ निर्वाचन गर्ने सहमति भएको पनि उनले खुलासा गरेका छन् । बैशाखमा संविधान सभाको नयाँ निर्वाचन गर्नको लागि केही हप्तामा एउटा सहमतिमा पुगिने पनि उनले बताए ।
तस्बिर ः पत्रकारहरुसँग गोरखामा बोल्दै प्रधानमन्त्री

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on November 8, 2012 by in national news.

Follow me on Twitter

listen merosathi fm

November 2012
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
%d bloggers like this: