Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी गाविस अब वेबसाइटमा


-अनिल श्रेष्ठ
आँबुखैरेनी गाविसलाई अबदेखि वेबसाइटमा पनि हेर्न सकिने भएको छ । नेपाल सरकारको भ– नयखभचलmभलत नीति अनुसार सर्वसाधारण र सेवाग्राहीहरुको सेवा सुविधालाई ध्यानमा राखी सूचना र प्रविधिको क्षेत्रबाट पनि सजिलै सेवा प्रदान गर्न आँबुखैरेनी गाविसले यो वेबसाइट खोलेको हो । यो वेबसाइटबाट सर्वसाधारणले गाविसबाट प्रदान गर्ने महत्वपूर्ण सूचनासामग्री र जानकारीहरु पाउन सक्नेछन् । नागरिक बडापत्र, पर्यटकीय एवं धार्मिक स्थल, गाविसको परिचय, भौगोलिक स्थिति, जनसंख्या, शिक्षा, स्वास्थ्य आदि वस्तुगत विवरणहरु यसमा समावेश रहनेछ । यसका अतिरिक्त कर्मचारीहरुको विवरण, पदाधिकारी, व्यक्तिगत घट्ना दर्ता, अस्पताल, एम्बुलेन्स, प्रहरी, रेडक्रस आदिको महत्वपूर्ण फोन नम्बरहरुको जानकारी पनि यसबाट पाउन सकिनेछ । यस वेबसाइटबाट सेवाग्राहीहरुले गाविसबाट सेवा प्राप्त गर्दा भर्नपर्ने निवेदन फारामहरु, बार्षिक योजना र कार्यक्रमहरु, प्रगति प्रतिवेदन हेर्न र डाउनलोड गर्न पनि सक्नेछ । यी जानकारीहरु http://www.aanbookhairenivdc.gov.np मा हेर्न सकिन्छ र यसको email aanbookhairenivdc@gmail.com रहेको छ ।

2 comments on “आँबुखैरेनी गाविस अब वेबसाइटमा

  1. Bibhu
    November 3, 2012

    वेव साइड को ठेकाना पनी सार्वजनिक गरी दिनुभय सबैको जनाकारीमा हुन्थ्यो की  ? 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on November 3, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

November 2012
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
%d bloggers like this: