काँग्रेस नेतृ सुजाता कोइरालाले आफूसँग पनि प्रधानमन्त्री हुन सक्ने क्षमता रहेको बताएकी छन् । प्रेस युनियन गोरखाले मंगलबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिदै कोइरालाले आफूले पनि काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवसरमा आएमा सरकारको नेतृत्व गर्न सक्ने बताएकी हुन् । ूमैले नेतृत्व गर्न किन नहुने ू उनले भनिन् ूमसँग क्षमता नभएको हैन ।ू उनले प्रधानमन्त्रीको लागि अहिलेसम्म काँग्रेसले उमेद्बारनै दिन नसकेको भन्दै आफ्नै पाटीका तीन शीर्ष नेताले पाटीलाई बन्दी बनाएको आरोप समेत लगाइन् । उनले सरकारको नेतृत्वको लागि काँग्रेसमा तीन शीर्ष नेता मात्र नरहेको भन्दै अब कुनै चौथों नेता प्रधानमन्त्रीको उमेद्बार बन्ने उल्लेख गरिन् । ूकाँग्रेस तीन नेतामा मात्रै सीमित छैनू उनले भनिन् ूअरु थुप्रै नेताहरु प्रधानमन्त्री बन्ने क्षमताका छन् ।
काँग्रेसको गण्डकी अंचल स्तरीय महिला नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा मंगलबार गोरखा आएकी कोइरालाले अहिलेको आवश्यकता प्रधानमन्त्रीको राजीनामा र यसको लागि आन्दोलन भन्दा पनि सहमति र सहकार्यमा अघि बढ्दै देशको समस्या हल गर्नुपर्ने बताइन् । काँग्रेसले प्रधानमन्त्रीलाई हटाउन गर्ने भनेको आन्दोलन कस्तो हुन्छ थाहा छैन भन्दै कुनै पनि आन्दोलन ुइस्युमा मात्र हुने विचार व्यक्त गरिन् ।
कोइरालाले पाटीका बहुमत सदस्य संसद पुर्नस्थापनाको विपक्षीमा रहेको स्पष्ट पारिन् । काँग्रेसले देशको निकासको लागि अहिलेसम्म स्पष्ट धारणा ल्याउन नसकेको सत्य रहेको स्वीकार्दै यही कारणले अरु दलले मौका पाइरहेको बताइन् ।
माओवादीसँग रोग रहेकेा र त्यसको उपचार काँग्रेससँग रहेको भन्दै काँग्रेसले उपचार गरेपछि सधैं कुरा फेरिरहने प्रचण्डकॊ पनि उपचार हुने कोइरालाले बताइन् ।