Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अमेरिकामा स्याण्डी आतकं(फोटो फिचर सहित)


प्रतिघन्टा ८५ माइलभन्दा तीव्र गतिमा अमेरिकाको उत्तरपूर्वी क्षेत्रतर्फ बढेको समुद्री आँधी सोमबार न्युयोर्क प्रवेश गरेपछि जनजीवन असामान्य बनेको छ । लङ आइल्यान्ड र न्युजर्सीको समुद्री तट र क्यारेबियन क्षेत्रमा विध्वंस मच्चाउँदै अमेरिकातर्फ हान्निएको स्यान्डीबाट त्यस क्षेत्रका १२ राज्यका लाखौं बासिन्दा प्रभावित हुने अनुमान छ । स्यान्डीको बाटोमा पर्ने कतिपय राज्यमा मेट्रो रेल, बस र हवाइ यातायात बन्द गरिएको छ । न्युयोर्कका विद्यालय सोमबार र मंगलबार बन्द गरिएका छन् । एयर फ्रान्स, ब्रिटिस एयरवेज र भर्जिन एटलान्टिकलगायत एयरलाइन्सले अमेरिकाका पूर्वी तटीय सहर न्युयोर्क, बाल्टिमोर, नेवार्क, वासिङ्टन, बोस्टन र फिलाडेल्पि्कयाका एयरपोर्टबाट हुने ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द गरेका छन् । सोमबार बिहान बिजुली आपूर्ति बन्द भएपछि ५० हजारभन्दा बढि नागरिक अन्धकारमा बस्न बाध्य छन् । न्युयोर्कको तटीय क्षेत्रबाट ३ लाख ७५ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सो क्षेत्रमा अहिले सम्म कम्तिमा १३ (अपडेट) १६ को मृत्यु भइसकेको छ । १४ महिनायता उत्तरपूर्वी अमेरिकामा दोस्रोपल्ट समुद्री आँधी आएको हो । सोमबार बिहान नेवार्क एयरपोर्टमा ५२ माइल प्रतिघन्टा रहेको आँधीको गति साँझसम्म अझै तीव्र हुनेछ ।स्याण्डीको त्रासका कारण पुरै अमेरिकामा सन्नाटा छाएको छ । एक सातापछि हुने राष्ट्रपतीय निर्वाचन प्रभावित भएको छ भने न्यूयोर्कसहित १२ वटा राज्यमा संकटकालीन आदेश जारी गरिएको छ । रेल, बिमान सेवा, बिद्यालय, किनमेल केन्द्र सवै बन्द गरिएका छन भने मानिसहरु आँधीबाट जोगिने तयारी अबस्थामा छन् ।
राष्ट्रपति बराक ओबामाले स्याण्डीलाई गम्भीरपतापूर्व लिई सुरक्षित रहन आह्वान गर्नुभएको छ । केन्द्रीय आपतकालिन उद्दार ब्युरोलाई सक्रिय पारिएको सरकारले जनाएको छ । राष्ट्रपति बाराक ओबामाले सैन्डीलाई गंभीरतापूर्वक लिन अधिकारीहरुलाई सचेत तुल्याउंदै अमेरिकी जनतालाई संयम अपनाउन आग्रह गर्नु भएको छ । सैन्डीका कारण गत हप्ता क्यारेवियन क्षेत्रमा ६० जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 31, 2012 by in google.

Follow me on Twitter

listen merosathi fm

October 2012
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: