डिपी अधिकारी तनहुँ, २७ असोज: तनहुँको छिम्केश्वरी गाविसलाई हिंजो निशुल्क शिक्षा लागु गरेको गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिको आयोजनामा सो कार्यक्रम गरिएको हो । छिम्केश्वरी गाविसको एउटै ईच्छा ,निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा भन्ने नाराका साथ सो गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन गरेको गाविस घोषणा गरिएको हो ।
गाविस सचिव धनबहादुर भुजेलको सभापतित्व तथा जिल्ला शिक्षा कार्यालय तनहुँका उपसचिव बाबुराम देवकोटाको प्रमुख आतिथ्यतामा सो घोषणासभा जलदेवि प्रावि बरालुङ्गबेशीको प्राङ्गणमा गरिएको हो ।
स्रोतव्यक्ति रामचन्द्र अधिकारीले स्वागत मन्तव्य राखनुभएको घोषणा सभामा रामशाह उच्च मावि आँबुखैरेनीका प्राचार्य प्रेमराज लामिछाने ,मित्रता उच्च मावि सत्रसयका प्राचार्य सुरेन्द्र बोगटी ,लक्ष्मी माविका प्रधानाध्यापक कृष्णकान्त काफ्ले ,स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि ,स्थानीयबासीलगायतको उल्लेख्य सहभागितामा सम्पन्न सभाको सञ्चालन विकासज्योति प्राविका प्रधानाध्यापक लक्ष्मण गुरुङ्गले गर्नुभएको थियो।