Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मनकामना मन्दिर जिर्णोद्वामा ढिलाई


कैलासबावु श्रेष्ठ/गोरखा

। देशकै प्रसिद्व धार्मिक तिर्थ स्थल मानिएको गोरखाको मनकामना मन्दिर दिनानुदिन ढिल्कीन थाले पनि जिर्णोद्वारमा ढिलाई हुदा मन्दिर नै नरहने अवस्थामा पुग्ने अनुमान गरीन थालीएको छ ।
अर्थ संकलनमा नै प्रभावित भए पछि १९९० सालमा आएको महा भूकम्प र त्यस पछिका दिनमा आएको अन्य भूकम्पले आस्थाकी देवी मनकामना मन्दिर अहिले पश्चिम दक्षिण भागमा ६ इन्च ढल्कीसकेको मन्दिरको जिर्णोद्वारमा ढिलाई भएको हो ।

मन्दिर जिर्णोद्वारका लागि नेपाल सरकारबाट विउ पुजीको रुपमा १ करोड प्राप्त भएता पनि ठुलै रकम लाग्ने भए पछि अहिले जिर्णोद्वारमा समस्या आएको हो । मन्दिरका मुल पुजारी इन्सान बहादुर थापा मन्दिर डिटेल स्टमेटमा ढिलाई हुनु तथा मन्दिरको लागि आवश्यक औराखका काठ नपाइनाका कारण मन्दिर जिर्णोद्वारमा ढिलाई भएको बताउनु हुन्छ ।

मन्दिरमा राखीएको टुडाल तथा खम्बाहरु इस्टिमेटमा टुक्रा टुक्रा राख्ने भएता पनि स्थानियको पहलमा मन्दिरमा लाग्ने कुनै पनि काठ सिंगै हाल्नुपर्ने भनिए पछि औराखका काठको लागि मात्र जिर्णोद्वार समिती महिनौ भौतारीएर टिम्बर कर्पोरेशन हेटौडा पुगेर खरीद प्रकृया थालेका छन । कर्पोरेशनले अहिले मनकामना मन्दिरका लागि आवश्यक काठ तयार पारी रहेको जिर्णोद्वार समितीका संयोजक नरेन्द्र बावु श्रेष्ठ बताउनु हुन्छ ।

उच्च पहाडी भागमा रहेको मनकामना मन्दिरमा विगत केही सताब्दी अघि देखी पानी पस्ने र मुसाले मन्दिरको गाह्रो विचको माटो खोतल्दा मन्दिर ढल्कीन थालेको थियो । राम शाहको पालामा स्थापना भएको मानिएको मन्दिरका उच्च भागमा भने राजा पृथ्वीनारायण शाहले गजुर हालेको इतिहास फेला पर्छ । पुरातत्व विभागले ५ करोड रुपैयाा लाग्ने अनुमान गरीएको भएता पनि अहिले ९ करोड बराबरको पैसा खर्च हुने अनुमान गरीएको छ ।

वर्षेनी १२ देखी १५ लाख भन्दा वढी तिर्थालु भक्तजन आउने आस्थाकी देवी मनकामना मन्दिरको जिर्णोद्वार गर्न अहिले ८ करोड ५० लाख लाग्ने अनुमान गरीएको छ । उता सरकारी स्वामित्वमा रहेको मनकामना क्षेत्र विकास समितीले भने सरकार बाट प्राप्त १ करोड मध्ये ५७ लाख बरावरको मन्दिरको लागि आवश्यक पर्ने सुन खरीद गरी लकरमा राख्ने काम भएको र बााकी पैसा टिम्बर कर्पोरेशनलाई दिएर काठ अर्डर गर्ने काम भएको बताउनु हुन्छ समितीका अध्यक्ष दिनेश जोशी ।

पैसा जम्मा नभइकनै मन्दिरमा हात हाल्ने कुरा हुदैन । त्यसैले अहिले हामीले भने जति रकम पनि संकलन हुन नसकेको र भारतीय हिन्दुहरु द्वारा दिन खोजीएको १ करोड रुपैयाा नेपाल ल्याउन समस्या भएको बताउनु हुन्छ समितीका अध्यक्ष जोशी । नेपालमा अहिले पनि भारती हजार र पााच सय दरका नोठ प्रचलनमा ल्याउनु गैर कानूनी हुने र दाताले एक सय दरका नोठ ल्याउन समस्या हुने बताए पछि विदेशबाट आउन लागेको सहयोग समेत रोकीएको हो ।

दैनिक जसो चार हजार देखी १० हजार तिर्थ यात्री आउने मन्दिरलाई भत्काई हाल्दा तिर्थ यात्रीमा पर्न सक्ने नकारात्मक असरका विषयमा समेत मनकामना क्षेत्र विकास समिती, मनकामना जिर्णोद्वार समिती र मनकामना मन्दिरका मुल पुजारी र स्थानिय बासिन्दा चिन्तीत छन । तर पनि जिर्णोद्वार गर्दा भने दर्शनार्थीलाई कुनै पनि समस्या नपर्ने गरी जिर्णोद्वार गर्न ब्यवस्था मिलाईएको छ भन्नु हुन्छ क्षेत्र विकास समितीका अध्यक्ष दिनेश जोशी ।

मन्दिर जिर्णोद्वारको लागि मुल पुजारी बाट ५ लाख रुपैयाा दिने घोषणा गरीएको छ भने अहिले सम्म सर्व साधारणबाछ २५ लाख रुपैयाा उठी सकेको छ । मन्दिर ३ वर्ष भित्रमा नै सम्पन्न गरी सक्ने योजना मनकामना जिर्णोद्वार समितीको छ । मन्दिरका लागि आवश्यक काठ, इट्टा, तामा केही साता भित्रै मनकामना ल्याइने छ भने अगामी केही महिना भित्रै मन्दिरको जिर्णोद्वारको काम थालीने भएको छ ।

देश तथा विदेशमा रहेका श्रद्वालु भक्तजनले जिर्णोद्वारमा सहयोग गर्न चाहेको खण्डमा जिर्णोद्वार समिती, क्षेत्र विकास समिती वा मुल पुजारी तथा देश भर रहेको विभिन्न खातामा सम्र्पक गरी वा सिधै रकम राख्ने ब्यवस्था समेत मिलाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 9, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

October 2012
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: