Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अमेरिका जाने होइन त ? खुल्यो त २०१४ को डिभी !


– अमेरिका जानका लागि इलेक्ट्रोनिक माध्यमबाट भरिने भिषा सन् २०१४ को लागि पनि खुल्ला गरिएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले सन् २०१४ को डिभी कार्यक्रमका लागि आजदेखि आवेदन खुला गरेको हो । आवेदन आजदेखि अन्तिम म्याद आगामी कात्तिक १८ गतेसम्म रहेको दुतावासले जनाएको छ ।
डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्ने र आवदेकहरूले डिभी–२०१४ डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने पनि दूतावासको भनाई छ ।
भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा बाह्र वर्ष बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने र उच्च शिक्षाका कुनै पनि संस्थानमा कुनै पनि विषय पढ्न पाउने गरी नेपाल सरकारले मान्यता दिएका सीटीईभीटीलगायतका व्यावसायिक डिग्रीलाई मात्र औपचारिक शिक्षा सरहको मान्यता दिइने जनाइएको छ ।
सीमित उच्च शैक्षिक कार्यक्रममा मात्र सहभागी हुन पाउने खालका व्यावसायिक डिग्रीलाई बाह्र वर्षे औपचारिक शिक्षा सरहको मान्यता नदिइने पनि दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 2, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

October 2012
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: