भगवान खनाल
धेरैको सपना दशैंमा मीठो खाने र राम्रो लगाउने नै हुन्छ । नेपालको सामाजिक आर्थिक हैसियतमा दशैंमा मीठो खाने र राम्रो लगाउने सपना प्राय नेपालीकै हुन्छ । तर तनहुँ देउराली-४ का हिलेखर्कबासीहरुमा दशैंमा मीठो खाने र राम्रो लगाउने त छदैछ यो वर्ष उनीहरु सँग गाउँ उज्यालो पार्ने सपना छ ।
ूहिलेखर्कलाई दशैंसम्म उज्यालो बनाउने सपना छू स्थानीय युवा चन्द्रप्रकाश गुरुङले भनें । लामो समयदेखिको मेहनेत र सपना आगामी दशैंमा पुरा हुने भएपछि गाउँमा रहेका मात्र हैन विदेशमा रहेकाहरु समेत खुशी भएको हिलेखर्क विद्युतीकरण उपभोक्ता समितिको अध्यक्ष समेत रहेका चन्द्रप्रकाश गुरुङले बताए । उनीहरुले पैसा उठाउनेदेखि पोल बोक्ने र गाड्ने काममा जनश्रमदान गरेका छन् ।
हिलेखर्कबासीहरुले करिब दश बर्ष अघिदेखि बाटै सोलार बत्तिको सुविधा उपभोग गरेपनि यो वर्ष उनीहरु केन्द्रिय प्रसारणको बिजुलीको लाइन जोड्न आतुर छन् । आफनै पहलमा र अघिल्लो वर्ष पश्चिमााचल ग्रामीण विकास बैंकको सहयोगमा पच्चिस घर परिवारले सोलार बत्ति बालेका थिए । हिलेखर्कमा हुस्सु लागिरहने र चिसो हुने हुदा सोलारले खासै राम्रो काम गर्न सकेको छैन । फेरी सोलार बत्ति मानिसको आवश्यकताको आधारमा अन्य सुविधा दिन पनि कमजोर छ । प्रविधिका अन्य सुविधा उपभोग गर्न केन्द्रिय लाइनको विजुलीको विकल्प नभएको अध्यक्ष गुरुङ बताउँछन् ।
तनहुँ सदरमुकाम दमौलीबाट पुर्वी भेकमा पर्ने देउराली गाविसमा यो वर्ष दशैंमा बिजुली पुराउने लक्ष नेपाल विद्युत प्राधिकरणको समेत छ । यसको लागि युद्धस्तरमा काम भैरहेको प्राधिकरणको आँबुखैरेनी ग्राहक प्रशाखाका प्रमुख बलराम श्रेष्ठले बताए । दशैंमा बिजुली पुराउनको लागि हाइटेन्सन पोल गाड्ने र तार टांग्ने काम सम्पन्न भइसकेको श्रेष्ठले बताए । ूट्रान्सफर्मर राखेर बिजुली जोड्न मात्र बाँकी छू श्रेष्ठले भनें ू २५ केभीको ट्रान्सफर्मर राख्न सके हिलेखर्कमा करिबकरिब बिजुली बल्छ ।
नेपाल विद्युत प्राधिकरणको १२ लाख तनहुँ जिविसको ९ लाख र स्थानीय जनताको १ लाख रुपैयाँ गरी २२ लाख रुपैयाँमा हाइटेन्सनको काम सम्पन्न भएको हो । आँबुखैरनी-४ को अम्बोटबाट हाइटेन्सन लाइन विस्तार गरिएको हो ।
विदेशमा रहेकाहरु गाउँमा बिजुली बाल्ने खबरले गाउँफिर्दै छन् अर्का स्थानीय युवा दीलिप गुरुङले बताए । स्थानीय मानिसहरुलाई बिजुलीको महत्व बताएर विद्युत कार्यालयमा डेलिगेशन जानेदेखि दलका नेताको सम्म धाउने काम चन्द्रप्रकाशको नेतृत्वमा चार वर्ष अघिदेखि भएको थियो । ूचार वर्ष अघिको समिति बनाएर लागेपनि यो वर्ष मात्र गाउँमा बिजुली बल्ने आशा जागेको छू उनले भनें ूकाम धेरैनै भइसकेकोले बिजुली बल्नेमा ढुक्क छौं ।ू यस गाउँका ५६ घरुधुरीका ४ सय ७२ जनसंख्या बिजुलीबाट लाभान्वित हुनेछन् । यहाँको २५ घरले अहिले घरघरमा वाइरिङ सम्पन्न गरेका छन् भने बाँकीमा भईरहेको छ ।
हिलेखर्क सुन्दर रमणीय पर्यटकीय गाउँ पनि हो । पर्यटकीय गाउँमा बिजुली पुगेपछि पर्यटन विकासमा मद्धत पुग्ने स्थानीय चन्द्रध्वज गुरुङ बताउँछन् । यस गाउँमा मासिक ५ लाख रुपैयाँ रेमिट्ायन्सबाट भित्रिदै आएको छ ।