तनहुँ सेवा समाजले यहि आउँदो बक्रीदको अवसर पारेर कतारमा तनहुँ धमाका २०१२ प्रदर्शन गर्ने भएको छ । बकरीदको पहिलो र दोश्रो दिन दोहाको मदिना मुर्रा अन्र्तगर्त ड्रिमपार्क जु परिसर भित्र देखाईने भएको छ । दिउँसो ३ बजे देखि प्रदर्शन गरिने भनिएको सो कार्यक्रममा नेपालबाट कलाकारहरु आउनको लागि आयोजक पक्षले अनुबन्ध गरिसकेको आयोजक सन्तोष थापानेपालबाट आउने कलाकारहरुमा नेपाली, भोजपुरी, मैथिली नृत्य तथा अभिनयमा पारंगतका साथै थुप्रै प्रादेशिक भाषाको टेलिसिरीयलमा आफ्नो अभिनय प्रदर्शन गरीसकेकी नेपालकी चर्चित नवनायिका डोली सरकारको प्रस्तुती बिशेष रहने छ । हाल प्रादेशिक भाषाको अभिनय र नृत्यमा कहलिएकी नृत्यांगना तथा नवनायिका सरकारले एसपी खरेल नामक चलचित्रमा पहिलो पटक आफ्नो कला प्रस्तुत गरेकी छिन् ।ले जानकारी दिएका छन् ।त्यस्तै गरी अन्य कलाकारहरुमा नृत्यांगना संझना बुढाथोकी, हास्य कलाकार हर्के हल्दार अर्थात् बिष्णु सापकोटा, चर्चित लोक दोहोरी गायक याम क्षेत्री, लोक दोहोरी गायिका पुर्ण कला बिसी, सोविता सिंखडा, रुपेश पराजुली, गौरव दर्पण, दिपक परियार र पुष्कल शर्मा चयन भैसकेको आयोजक थापाले जानकारी दिए ।हिमाल पहाड तराई , कोहि छैनन् पराई भन्ने उक्तिलाई अवलम्बन गर्दै कतारमा हिमाल, पहाड र तराईबासी सबैको त्यति नै बाहुल्य भएको हुनाले सबै संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गर्न अहिले डोली सरकारको कला प्रस्तुतीलाई साँस्कृतिक घुलनको लागि समेटिएको हो, आयोजकले बताए ।