Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मुग्लिङ पुलको स्टील पाता उक्कियो, बार भाँचियो


डम्बर अधिकारी
२९ भदौ, दमौली । दैनिक सयौ यात्रुहरु आवत जावत गर्ने मुग्लिङ पुलमा बीच भागमा विच्छाएको स्टीलको पता उप्किएको छ भने बार भाच्चिएको छ ।
नट फुत्किएर स्टील प्लेट उक्किन थालेपछि यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । पुलको झण्डै आधा दर्जन भागमा स्टील प्लेट उक्किएको छ ।
यसरी स्टील प्लेट उक्किने क्रममा कतिपय ठाउँबाट तल त्रिशुली नदीमा पानी बगेको दृश्य समेत छलङ्ग देख्न सकिन्छ । त्यस्तै पुलको दायाँ बायाँको भागमा राखिएको बार समेत भाच्चिन थालेको छ । उक्त स्थानलाई सुरक्षित राख्न काडेतारले बारिएको छ ।
दैनिक सयौको संख्यामा सवारी साधान गुड्ने उक्त पुल पछिल्लो समयमा निकै थर्कन समेत थालेको छ । पुल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई पटक-पटक आग्रह गरेपनि कुनै चासो नदेखाएको स्थानीयको भनाई छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 15, 2012 by in स्थानीय समाचार/local news and tagged , , , .

Follow me on Twitter

listen merosathi fm

September 2012
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
%d bloggers like this: